Khabar Dabali Logo
  October 27, Tue

बीपी प्रतिष्ठानमा दीर्घरोग नभएको कोरोना संक्रमित २८ वर्षीया युवतिको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–४ बस्ने २८ वर्षीया महिला भएको प्रतिष्ठानले जनाएको छ । उनको शनिबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ ।

योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्य भएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने सुनसरीमा ११ जना पुगेको छ ।

अशोज १७ गते, २०७७ - ११:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top