Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दसैंमा कोरोना संक्रमण गाउँ-गाउँमा फैलिन सक्छ, २४ घण्टामै २७२२ जनामा संक्रमण

काठमाडौं। संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं-तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए । ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ-गाउँमा पुर्‍याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए । ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुपर्‍यो, लक्षण भएकाको निःशुल्क गर्नुप-यो,’ उनले भने ।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा. मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ ।

आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने । उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ ।

हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोत जस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूणर् रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा. मरासिनीको सुझाव छ । ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने ।

२४ घण्टामै २७२२ जनामा संक्रमण
उपत्यका र बाहिरका मुख्य सहरहरूमा कोरोना संक्रमणले तीव्रता पाएपछि दैनिक संक्रमित संख्या तीव्र गतिले बढेको छ । असोज ९ गते १३ सय ३१ जना नयाँ संक्रमित थपिएकोमा शुक्रबारसम्म आइपुग्दा दैनिक संक्रमित संख्या २ हजार ७ सय २२ पुगेको छ । शुक्रबार थपिएका कुल संक्रमितमध्ये उपत्यकामा मात्र ६० प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार काठमाडौंमा १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ गरी १ हजार ६ सय ३८ जना थप संक्रमिति भेटिए । दैनिक संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

एक महिनादेखि काठमाडांै उपत्यका, प्रदेश २ र मोरङमा केन्द्रित संक्रमण अहिले अन्य ठूला सहरमा पनि तीव्र रूपमा फैलिँदै गएको तथ्यांकले आंैल्याएको छ । गत २४ घण्टामा मोरङ, बाँके, सुर्खेत, रूपन्देहीलगायत जिल्लामा पनि संक्रमण दरमा वृद्धि भइरहेको छ ।

शुक्रबार भएको संक्रमण दर परीक्षणमध्ये १८.४६ प्रतिशत हो। गत २४ घन्टामा १४ हजार ७ सय ३९ वटा नमुना परीक्षण भएका थिए । दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणका कारण मृत्यु संख्या पनि दैनिक एक दर्जनको हाराहारीमा छ । गत २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये हालसम्म ६० हजार ६ सय ९६ जना अर्थात् ७३.६ प्रतिशत निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ छ । तीमध्ये ११ हजार ७ सय ६० जना होम आइसोलेसन र ९ हजार ४ सय ७४ जना संस्थागत आइसोलेसनमा छन् । गम्भीर लक्षण भएका २ सय १० जना आइसियुमा र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ । तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन । ‘कोही घरमा आए नजिक नजानू, वृद्धवृद्धालाई मास्क लगाएर दुई मिटर टाढाबाट भेट्नू,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies