Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अवरुद्ध सडक दशैँ पहिले खुलाउने तयारी

काडमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताए । उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उनले भने, “वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।”

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको हो । उनले भने, “लामो समयसम्म सवारी साधन अवरुद्ध हुँदा एकातिर व्यवसायी मारमा थिए भने मजदूरले पनि रोजगारी गुमाएका थिए ।”

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले सडक विभागले बाढीपहिराबाट अवरुद्ध कतिपय सडक एकातर्र्फी रुपमा भए पनि सञ्चालन गरिएको बताए । दशैँभन्दा पहिले १५ दिनभित्र वर्षाका कारण बिग्रिएका सडकको मर्मत गरिने उनले जानकारी दिए । उनका अनुसार चालु आवभित्रै हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, “सेनाको सहयोगमा पनि यस वर्षभित्र सिमकोटसम्म सडक पुग्नेछ ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दुई राजमार्ग पूर्णरुपले अवरुद्ध भए पनि अरु सडक खुलिसकेको जानकारी दिए । वर्षाका कारण भत्किएका पुलका ठाउँमा बेलिब्रिज हाल्ने काम भइरहेको उनले जानकारी दिए । उनले भने, “वर्षा कम भइसकेकाले अहिले काममा बाधा छैन ।”

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैँमा यात्रुलाई सुरक्षित घर फर्किने व्यवस्था मिलाउन लगिएको बताए । विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका समेत पालना गराइरहेको छ । उनले भने, “हामीले गाडीको यान्त्रिक अवस्थाका बारेमा समेत छड्के जाँच गरिरहेका छौँ ।”

समितिका सभापति कल्याणीकुमारी खड्काले मुख्य राजमार्गको अवस्था नै खराब रहेको बताए । सडकमा रहेका खाल्डाका कारण दुर्घटना हुन सक्ने जनाउँदै उहाँले मन्त्रालय र विभागले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

समितिका सदस्य लीलानाथ श्रेष्ठ, आशाकुमारी विक, यज्ञराज सुनुवार, केदार सिग्देल, अनिलकुमार झा, टेकबहादुर बस्नेत, सञ्जयकुमार गौतम र रङ्गमती शाहीले लामो समयसम्म थन्किएका सवारी साधनको अवस्था खराब भएकाले त्यसले दुर्घटना निम्ताउन सक्ने बताए । उनीहरुले दशैँ पहिले नै वर्षाका कारण अवरुद्ध सडक खोल्न र खाल्डाखुल्ल्डी भएका ठाउँमा मर्मत गर्नुपर्ने औँल्याएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies