संयुक्त राष्ट्रसंघ । महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले महिला सशक्तिकरणका लागि लाग्न आग्रह गरेका छन् ।
उनले राष्ट्रसंघीय एक महिला सम्मेलनमा सम्बोधन गर्दै महिला सशक्तिकरणका साथै उनीहरुको नेतृत्वको विकासका लागि लाग्न आग्रह गरेका हुन् ।
उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई भने– यो समयमा महिलाको नेतृत्व विकास गर्ने र उनीहरुलाई नेतृत्वमा पुर्याउनका लागि प्रतिबद्धता गर्ने समय हो, यस पक्षमा सबै सदस्य राष्ट्रहरु लाग्नु आवश्यक पनि छ ।
उनले सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको विश्व महिला सम्मेलनका क्रममा गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने पनि सो सम्बोधनका क्रममा बताएका छन् । महासचिव गुटर्रेसले भने– यो शक्तिको पनि कुरा हुन्छ र कुनै पनि देशले महिलालाई सत्तामा पनि पुरुष सरह नै बराबर प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।
विश्व महिला सम्मेलनको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । महामसचिव गुटर्रेसले महिलाको अधिकारको मुद्धा यो एक मानवअधिकारको पनि मुद्धा भएको धारणा राख्दै सो कुरा बताएका हुन् । उनले महिलालाई राज्य सत्ताका हरेक पदहरुमा पुरुष सरह नै प्रतिनिधित्व गराउने र अधिकार दिलाउने काममा अब लाग्नुपर्ने धारणा राखे ।
चौथो विश्व महिला सम्मेलन संयुक्त राष्ट्रसंघले नै चीनको राजधानी बेइजिङमा आयोजना गरेको थियो । त्यस सम्मेलनका क्रममा महिला अधिकार र राज्यका नीति निर्माणका तहहरुमा महिलाको पनि बराबर प्रतिनिधित्व गराउने विषयमा विश्वका देशहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव गुटर्रेसले बिहीबार सोही प्रतिबद्धता पूरा गर्नका लागि विश्वका देशहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: