Khabar Dabali Logo
  October 27, Tue

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्वका चर्चित नेताहररु

जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन्।

यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो छन् । उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनले सङ्क्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दुरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गर्नुभएको थियो । उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन् । उनको श्रीमती पनि सङ्क्रमित भएका थिइन् ।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर उनमा लक्षण भने सामन्य मात्रै देखिएको उहाँले बताएका थिए । उनले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए ।

गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि छन् । उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए ।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेशनमा बसेका थिए । उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेका थिएनन् । कोरोनाबाट संक्रमित हुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो । अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उहाँको पनि परीक्षण गराउँदा उहाँमा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भइ सङ्क्रमणमुक्त भएको समाचारमा जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो ।

इरानका उपराष्ट्रपति र मन्त्रीहरु

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका बरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित भएकाहरुको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितहरुको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन् ।

अशोज १६ गते, २०७७ - १६:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top