Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कालीकोटका महिलाहरुमा सिलाइकटाइप्रति बढ्दो आकर्षण

कालीकोट । पछिल्लो समय महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका हुन् । सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताइन । सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आएका छन् । उनले भनिन्, “सिलाइकटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”

सिलाइकटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो भएकी ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आएकी छिन् । उनी भन्छिन्, “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।”

निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइकटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर प्रायःजसो कमै छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइकटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies