Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विद्युत् आयोजनाका मजदूरले ६ महिना बितिसक्दा पनि पाएनन् ज्याला

रुकुमपूर्व । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् ।

सिस्ने – ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरे । अहिलेसम्म ज्याला रकम रु नौ हजार नपाएको उनले दुःखेसो पोखे । यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतको पीडा पनि चन्द्रकलाको भन्दा केही फरक छैन । उनीहरुले बताए, “मामको जोहो गर्न काम गरियो, त्यही कामको दाम पाइएन ।” दैनिक गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत्गृहमा जाने बाटो निर्माणको कामको ज्याला नपाउँदा उनीहरु मर्कामा परेका छन् ।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताए । सचिव सार्कीका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुम(पूर्वे)ले रु १७ लाख र सिस्ने गाउँपालिकाले रु ४० लाख गरी जम्मा रु ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो । समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकावाट पनि विद्युत्गृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि रु २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदूरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी गराए ।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफुहरुसँग कुनै सम्झौता नभएको बताए । त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ ।

विसं २०७२ असारमा काम सम्पन्न भइसकेको आयोजनाले सिस्ने ७ र ८ का साथै रुकुम(पश्चिम)को मुसिकोट नगरपालिका १ छिङका नागारिकलाई उज्यालो दिएको थियो । पहिले गाविस हुने बेलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख बजेटमा उक्त विद्युत् आयोजनाको काम सम्पन्न भएको थियो । त्यसमा ३० प्रतिशत जनश्रमदान रहेको गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताए । यस्तै सिस्ने गाउँपालिकाले पनि तार खम्बा विस्तारका लागि रु १२ लाख विनियोजन गरेको थियो ।

गाउँमा बिजुली बलेको केही वर्षपछि अर्थात् २०७५ असोजमा विद्युत् उत्पादनगृहमाथिबाट खसेको पहिराले पुरिएपछि विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ । विद्युत् अझै सञ्चालन हुन सकेको छैन । यसले गर्दा तीन वडाका करीब नौ सय घरधुरी मारमा छन् । उक्त विद्युत् आयोजनाको अहिले सिस्ने गाउँपालिकाले मर्मत गरेको छ । मर्मतको काम अन्तिम चरणमा पुगे पनि कोरोना महामारीकै कारण प्राविधिकलाई जिल्लामा भित्र्याउन नसक्दा विद्युत् सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।

सिस्नेले संसद् विकास कोषको रु ५० लाख र अन्य रु ५९ लाख गरी कुल रु एक करोड नौ लाखमा विद्युत् आयोजना मर्मंत गरेको अध्यक्ष बरालले बताए । यस्तै विद्युत् आयोजना निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले पाँच वर्षसम्म पनि सार्वजनिक लेखा परीक्षण गरेको छैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies