Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।

जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताए । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती शुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो । मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैँले यसको खेती थालेको उनको भनाइ छ । यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ ।

बजारमा मिसावट बेसार मात्र पाइने भएकाले शुद्ध बेसारको माग बढ्दो छ । “ठूलो क्षेत्रफलमा बेसार खेती गर्ने सोचका साथ हामीले सहकारीमार्फत बेसार खेती परियोजन सञ्चालन गरेका हौँ, तर पर्याप्त बीउ र खेतको अभावका कारण अहिले १२ कठ्ठामा बीउका रुपमा खेती गरेका छौँ, आगामी वर्षदेखि थप विस्तार गर्दै जान्छौँ”, अध्यक्ष खड्काले भने ।

वार्षिक रुपमा प्रतिकठ्ठा तीन क्विन्टलका दरले बेसार उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित वेसार प्रशोधन गरी आफ्नै ब्राण्डमा शुद्ध बेसार बजार पठाउने संस्थाको तयारी छ । बिचौलिया नियन्त्रण गर्न तथा मिसावट हुन नदिन संस्था आफैँले ससानो परिमाणमा पोको पारेर पनि सीधै खुद्रा व्यवसायीलाई बिक्री गर्ने योजना बनाएको छ ।

उत्पादन तयार हुँदासम्म उद्योग पनि स्थापना भइसक्ने बेसार खेती परियोजनाका उपसमिति संयोजक पर्शुराम कँंवर योगीले जानकारी दिए । उनले भने, “हामीले पहिला चाउमिन उद्योग सञ्चालन गरेका थियौँ, सानो परिणाममा गर्दा बजारमा प्रतिस्पर्धा गर्न सकेनौँ, त्यसपछि बाबियो डोरी, टपरीको उद्योग सञ्चालन गर्ने विकल्प अध्ययन ग¥यौँ, तर बेसारमा राम्रो आम्दानी हुने, कम लगानी, बजारको समस्या नभएकाले गर्दा यो खेतीलाई अघि बढाएका हौँ ।”

हाल बजारमा प्रशोधित बेसार कृषकसँग प्रतिकेजी रु २०० मा खरीद गरी रु ४०० सम्म बिक्री हुने गरेको संस्थाका अध्यक्ष खड्काले बताए । नगदे र औद्योगिक बाली बेसार पानी नजम्ने हल्का मलिलो, बलौटे माटोमा उब्जाउ हुन्छ । वैशाख÷जेठमा गरिएको खेती पुस÷माघसम्ममा तयार हुन्छ । यसको खेती गर्न ठूलो जनशक्ति आवश्यक नपर्ने र सिँचाइको पनि आवश्यकता नपर्ने र वर्षात्को पानीले नै सिंचाइ हुने कृषकले बताएका छन् ।

अन्नबालीभन्दा राम्रो आम्दानी र खेती गर्न सजिलो भएकाले बेसार खेतीमा कृषकको आकर्षण बढेको हो । उखुको विकल्पमा पश्चिम नवलपरासीका प्रतापपुर, सुस्तालगायत गण्डक क्षेत्रका अधिकांश कृषकले पनि लामो समयदेखि बेसार खेती गरिरहेका छन् । पुर्खादेखि नै बेसारखेती गर्दै आउनुभएका प्रतापपुर–५ का उमाशङ्कर सिंह खेती गर्न सजिलो र मनग्य आम्दानी हुने भएकोले यस क्षेत्रका धेरै कृषकले बेसार खेती गरिरहेको बताउँछन् । उखु लगाउँदा बाँदर र नीलगाईले सखाप पार्ने गरेको तर बेसारमा त्यस्तो समस्या नरहेको उनले बताए । उनले वार्षिक २० देखि २५ क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादित बेसारको मुख्य बजार भने नजीकको भारतीय बजार रहेको उनले बताए ।

कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्रा जिल्लामा बेसार खेती राम्रो हुने गरेको बताए । विशेषगरी प्रतापपुर, सुस्तालगायत क्षेत्रमा यसको खेती बढी गरिएको उनले बताए । जिल्लामा करीब २० हेक्टर क्षेत्रफलमा बेसार खेती हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies