Khabar Dabali Logo
  October 23, Fri

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । उनले भने, “हामीले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफैँ पनि सजग हुनुपर्छ ।”

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । उनले भने, “प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन ।”

काठमाडौँ उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उनले जानकारी दिए । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । काठमाडौँ उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।

अशोज १६ गते, २०७७ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा आज मात्रै कोरोना सङ्क्रमणको कारण थप तीन जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल...   
ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति...   

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार...   

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण...   

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गयो, शव व्यवस्थापन चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा...   

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top