Khabar Dabali Logo
  October 31, Sat

भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण, केरूङ्गामा डुङ्गा चलाउने योजना

चितवन । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए । गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उनले बताए ।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताए । उनले भने, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ । बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ ।” सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए । उनले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताए । उनले भने, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ । जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।”

भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट इञ्जीनियर अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकाले पनि उद्यान बनाएर संरक्षण गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समयमा घोल घरघरमा पस्ने समस्या देखिएकाले पनि घोललाई उद्यान बनाएर व्यवस्थित गर्न आवश्यक छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्कोतिर उद्यानहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ ।” उनले शुरुमा १५ किलोमिटर जति कामचाहिँ छिट्टै शुरु गर्ने योजना बनेको जानकारी दिए ।

फोहर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । अब फोहर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ । ढल मिसावट फोहर पानीका लागि छुट्टै नाला बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर निर्माण भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्। हिउँदमा पनि नारायणी लिफ्टको पानी हालेर केरूङ्गामा डुङ्गा चलाउने योजना रहेको उनले बताइन् ।

केरूङ्गामा डुङ््गा शयर, दुवैतर्फ उद्यान निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनीसप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । भरतपुर महानगरका वडा क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमाङ्कनसमेत गरिसकेका छन् । यस आयोजनाले सङ्घीय निर्वाचन क्षेत्र नं २ र ३ साथै प्रदेश निर्वाचनको भने तीनवटा क्षेत्र समेट्छ ।

अशोज १६ गते, २०७७ - ०९:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छुरा प्रहार गरी २४ वर्षीय आशिष मगरको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा...   

कोरोना सङ्क्रमणबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु...   

भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने तयारी

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन...   

भक्तपुरमा होम आइसोलेशनमा बसेका ६ जनाको मृत्यु

भत्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा...   

उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...   

पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य...   

शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्ने केदारमान भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली...   

बुटवलस्थित कोरोना अस्पतालमा थप कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु...   

इन्स्टाग्रामबाट अबदेखि लाइभ गर्न मिल्ने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top