Khabar Dabali Logo
  October 31, Sat

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घर निकाला

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ – तिलोत्तमा-१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका-४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घर निकाला गरेका हुन् । प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो ।

युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घर निकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ ।

विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए । त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन् ।

तर शम्शेरले विवाह नहुँदै गर्भवती हुनु राम्रो नहुने भन्दै गर्भपतनका लागि दबाब दिने गरेका थिए । ‘पेट दुख्ने, बान्ता हुने जस्ता समस्या आएपछि शम्शेरलाई औषधि ल्याउन लाएर खाएँ,’ समीक्षाले भनिन्, ‘त्यसपछि रगत बग्न थाल्यो ।’

असारको अन्तिम सातातिर समीक्षाको रगत धेरै नै बग्न थालेपछि माइती पक्षले गर्भ रहेको जानकारी पाएका थिए । छोरीको स्वास्थ्यमा समस्या आउन थालेपछि घटनाबारे जानकारी पाएको आमा जमुना सार्कीले बताइन् ।

अशोज १६ गते, २०७७ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङका ७० वर्षीय कोरोना संक्रमित वृ द्धको मृत्यु

दाङ । दाङको घोराही उपमहानगरपालिका-४ निवासी ७० वर्षीय वृ द्धको कोरोनाले गर्दा ज्यान गएको छ । उनकाे उपचारका...   

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

काठमाडौँ । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट...   

पिसिआरमा निजी अस्पताल र प्रयोगशालाको ठगी

परीक्षणको अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले उठायो पिसिआर परीक्षण शुल्क २५ सय, कोरोना उपचारका...   
बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास

बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास

नौ महिनामा मात्रै मधेसमा ११ महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार सिरहा । जब बोक्सीको आरोपमा ९० वर्षकी...   

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

काठमाडौं । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको...   

कोरोनाले मृत्युको तथ्यांकै गलत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या...   

ओली र प्रचण्डको मुटु कत्रो छ ?

देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएको दलका शीर्षस्थ नेता बाह्रैमास आपसी झमेलामा काठमाडौं।...   

दशैं मनाउन नेपाल आए सिकारी चरा

काठमाडौं । दशैंको रन्को नेपालमा भर्खर सकिँदैछ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम...   

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित...   

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top