Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अवकाशको २२ दिनअघि राजीनामाको बदला मुख्य सचिवलाई राजदूत पद उपहार

डा. युवराज खतिवडालाई दुई सातामा दुई नियुक्ति

काठमाडौं । सरकारले २५ औं मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ । तर, बैरागीलाई नियुक्त गर्दा विधि मिचिएकाले यसले निजामती प्रशासनलाई थप कमजोर बनाउने जोखिम रहेको कर्मचारी तथा प्रशासनविद्हरूको चिन्ता छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आफ्नो अनूकुलको मुख्य सचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासनको विधि-पद्धतिमै हस्तक्षेप गरेका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले रेग्मीको राजीनामा स्वीकृत भएको र राजदूतमा नियुक्त गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

अवकाशको २२ दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदूत पद दिएर बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको छ । प्रधानमन्त्री ओली आफु निकट रहेका बैरागीलाई मुख्यसचिव बनाउन रेग्मीलाई राजीनामा दिन लगाएका हुन् ।

उनलाई मुख्यसचिव बनाउनकै लागि रेग्मीलाई राजदूत पद दिएर फकाई राजीनामा दिन लगाइएको हो । यसले नियमित प्रक्रियाअनुसार मुख्यसचिवको दाबीमा रहेका सचिवहरूमाथि अन्याय भएको छ । उनले राजीनामा नदिंदा बैरागीले सचिवको पाँच वर्षे पदावधिका कारण २२ असोजमा अनिवार्य अवकाश पाउँथे ।

‘निजामतीको सर्वोच्च पदको नियुक्तिमै अस्वस्थ चलखेल भयो,’ एक उच्च प्रशासन भन्छन्, ‘एक त यसरी नियुक्त भएका मुख्यसचिवले राम्रोसँग काम गर्न सक्दैन, अर्कोतर्फ प्रशासनमा राजनीतिक चलखेल झन् बढाउने जोखिम भएको छ ।’

व्यक्तिगत स्वार्थका लागि प्रशासनमा गलत नजिर बसाउन सहयोग गरेकोमा यसको दोष रेग्मीमाथि समेत लागेको छ । यद्यपी मुख्यसचिव नियुक्त भएका बैरागी तुलनात्मक रुपमा राम्रा प्रशासक मानिन्छन् । परराष्ट्र सेवाको मात्र अनुभव भएकाले सिंगो निजामती प्रशासनको नेतृत्व हाक्न उनमा अनुभवको कमी हुनसक्ने कर्मचारीहरू बताउँछन् ।

पूर्व मुख्यसचिव डा. विमल कोइराला मुख्यसचिवको विधि गलत भएको र यसले निजामती प्रशासनमा नकारात्मक असर पार्न सक्ने बताए । ‘मुख्यसचिव नियुक्तिको बिधि ठिक भएन यद्यपी मुख्यसचिव नियुक्त गरिएका व्यक्ति ठिक छन्,’ उनले भने,‘विधि ठिक नहुँदा निजामती प्रशासनमा कर्मचारीको करिअर अनुमानयोग्य नहुने अवस्था आएको छ, यसले प्रशासन कमजोर बनाउने जोखिम छ ।’

त्यसो त रेग्मीले आफु मुख्यसचिव हुन पनि तीन वर्षअघि जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाएर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई मुख्यसचिव भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई मुख्यसचिवमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओलीको ‘यसम्यान’ बनेकाले पनि अहिले उनले राजदूत पाएको पाउन सफल भएका छन् ।

मुख्य सचिवबाट ‘सहसचिव’ को हैसियतमा

निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका छन् । यसले मुख्यसचिव पदकै गरिमा घटाएको कर्मचारीहरू बताउँछन् । राजदूतले परराष्ट्रको सचिवलाई नियमित ब्रिफिङ गर्नुपर्छ, जसअनुसार रेग्मी अब आफू भन्दा तल्लो तहको कर्मचारीको मातहतमा बसेर काम गर्नेछन् ।

विगतमा पनि केही मुख्यसचिवले यस्तै पदलोलुपता देखाएका थिए । डा.सोमलाल सुवेदी मुख्यसचिवबाट राजिनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएका थिए । डा.भोजराज घिमिरे मुख्यसचिवबाट अवकाश पाएपछि क्यानाडाको राजदूत भएका थिए । अर्का पूर्व मुख्यसचिव लिलामणि पौडेल चीनका राजदूत भएका थिए, चीनको राजदूतलाई भने मन्त्री पद सरहको मान र सुविधा दिने निणर्य सरकारले गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies