Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

डा. केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे।

सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उनले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गरे । मन्त्री ज्ञवालीले प्रा डा केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोनाविरुद्धको लडाइँमा होमिन आग्रहसमेत गरे ।
मुख्यसचिवमा वैरागी

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले आजैका मितिदेखि लागु हुने गरी पदबाट दिएको राजीनामा स्वीकृत गरी सो पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा र नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि, पूर्वमुख्य सचिव रेग्मीलाई संयुक्त अधिराज्यका लागि र डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्र र खानी विभागअन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना तथा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा चालु आर्थिक वर्षका लागि राजपत्राङ्कितस्तरका २८ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उद्योग मन्त्रालयको प्रस्तावमा भर्चअल रुपमा यही असोज २० र २१ ग्ते हुने नेपाल–बङ्गलादेश व्यापार वार्ताका लागि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मदन भण्डारी प्रौओद्योगिक विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रस्तावमा रिक्त दरबन्दी पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापनानुसार परिक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापनको पदपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढाउन आयोगलाई आग्रह गरेको छ ।

मन्त्री ज्ञवालीले कोरोनाको जोखिम बढेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र कार्यथलोमा पनि स्वास्थ्य सुरक्षाका सबै प्रबन्धको कडाइका साथ पालनाका लागि सबैसँग आग्रह गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies