Khabar Dabali Logo
  October 28, Wed

धरानमा धमाधम कर्मचारीलाई कोराना पुष्टि भएपछि सेवा प्रभावित

धरान । धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

सूचना शाखाका एक, घर नक्सा शाखाका दुई र अनुगमन अधिकृत सहित कर्मचारीमा कोेरोना पुष्टि भएको उनले बताए ।सङ्क्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । आजदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा १२ र ३ का वडा सदस्यलाई पनि सङ्क्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ ।
सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ ।

अशोज १५ गते, २०७७ - २०:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top