Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु, जान्नुहोस् कुन सामानमा कति छुट पाइन्छ ?

काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु गरेका छन् । तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल शुरु गरेको बताएका छन् ।

ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै रु पाँचसम्म छुट दिइएको छ । उनले भने, “हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन् ।”

नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले जानकारी दिए । सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, “उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ ।”

कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै रु २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो । कोरोनाको रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै कम्पनीले ‘होम डेलिभरी’ समेत शुरु गरेको छ । सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर ‘होम डेलिभरी’ शुरु गरिएको हो ।

उपत्यकाका रामशाहपथ, थापाथली, कालीमाटी, कोटेश्वर, टेकु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरलगायत स्थानमा बिक्री कक्ष छन् । उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ । यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन् । यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies