Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नास्पाती बिक्रीबाट वार्षिक ५ करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा नं ९, ३ र ४ मा समेत नास्पाती खेती गरिएको छ ।

नगर प्रमुख मोहन बस्नेत आधुनिक प्रविधिबाट नास्पाती खेती गरी कृषकको जीवनस्तर उठाउन नगरपालिका लागिपरेको बताउँछन् । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ देखि नास्पाती ब्लक निर्माण गरी खेती गर्न सहयोग गर्दै आएको छ । दुई आर्थिक वर्षसम्म वार्षिक रु ५० लाखका दरले प्रदेश सरकारबाट नास्पाती प्रवद्र्धनका लागि प्राप्त भएको कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रविकुमार केसीले राससलाई जानकारी दिए ।

वार्षिकरूपमा प्रदेश सरकारले दिएजति नै स्रोत उपभोक्ताबाट समेत जुटाएर नास्पाती खेतीलाई व्यावसायिकरूपमा विकास गर्न लागिएको नास्पाती ब्लक व्यवस्थापन समितिका अध्यक्ष कविता अधिकारीले बताए । नगरपालिकामा हाल करिब पाँच हजार रोपनी क्षेत्रफलमा नास्पाती रोपिएको छ । खेत, बारीको छेउ र भित्तामा नास्पाती रोपी बीचमा भने मकै, धान, कोदो, तोरी, भटमास जस्ता अनाज लगाउने गरिएको छ ।

साउन दोस्रो सातादेखि असोज दोस्रो सातासम्म यहाँ नास्पाती पाइन्छ । नास्पातीका लागि प्रसिद्ध स्थान छैमले भए पनि पहिले बजार रहेको स्थान फर्पिङ (शिखरापुर) भनी प्रचारप्रसार गरिएकामा वडा नं ८ का सदस्य कुमार बलामीको आपत्ति छ । वडा नं ८ मा नास्पाती र वडा नं ९ मा लप्सीको खेती उल्लेख्य हुने गरेको छ । लप्सीको समय भने कात्तिकपछि शुरु हुन्छ । करिब दुई महिनासम्म लप्सीको व्यापार हुने गरेको छ । वाग्मती प्रदेश सरकारले वडा नं ९ मा लप्सी ब्लक व्यवस्थापनका लागि पनि रु ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा वार्षिक रु ५० लाखभन्दा बढी नास्पाती व्यापार गर्ने दुई व्यवसायी रहेको समितिले जनाएको छ । यस वर्ष रु ८५ लाखको नास्पाती व्यापार गरिसकेको वडा सदस्यसमेत रहेका व्यवसायी बलामी सुनाए । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष मूल्य पाउन नसकिएको किसानको अनुभव छ । एउटै दानामा सवा किलोसम्मको नास्पाती यहाँ उत्पादन हुने गरेको छ ।

“विगत वर्षमा सडकमा ल्याएर बेच्दा बढी मूल्य पाइन्थ्यो, यस वर्ष कोरोनाका कारण सार्वजनिक यातायात नचलेकाले मूल सडकमा आवतजावत कम भयो, यसैले ठेकेदार नास्पाती लिन घर घरमै आएकाले विगतभन्दा कम मूल्य प्राप्त भयो, बोटबाटै ठेकेदारले नास्पाती किनेर लगे”, उनले बताए ।

ठूलो जातका नास्पाती काठमाडौँमै बिक्री वितरण हुने गरेको छ । सानो जातका नास्पाती भने तराइतिर निर्यात गरिन्छ । साना नास्पातीको तराईमा लगेर जुससमेत बनाइन्छ । दक्षिणकालीमा उत्पादन हुने नास्पातीलाई तीन वर्गमा विभाजन गरी बिक्री गरिन्छ । यस वर्ष ठूलो नास्पाती प्रतिकेजी रु २५ देखि रु ५० सम्ममा बिक्री गरियो । यसैगरी मझौला जातका नास्पाती रु रु १५ देखि रु २५ सम्ममा बिक्री भयो ।

सानो जातका नास्पाती भने रु सात देखि रु १५ सम्ममा बोटबाटै बिक्री गरिएको ब्लक व्यवस्थापन समितिका सचिव दशरथ बलामीले राससलाई जानकारी दिए । बीचमा अरु बाली लगाएर छेउ कुनामा लगाइएको नास्पातीलाई छुट्टै कुनै औषधि नगरिने भएकाले ‘अर्गानिक’ उत्पादन हुने गरेको छ । फेदमा कमिला लाग्ने गरेकाले नीलोतुथोलगायत जडीबुटीमा चुन मिसाएर फेदमा पोत्ने गरिएको छ ।

छैमलेमा १५० वर्षसम्मका पुराना नास्पातीका रुख छन् । नगरपालिकाले नौवटै वडामा नास्पाती खेती बिस्तार गर्न वडा वडामा बजेट विनियोजन गरेको नगर प्रमुख बस्नेत सुनाए । नगरपालिकालाई नास्पाती क्षेत्रका रूपमा विकास गर्न आधुनिक प्रविधिबाट खेती गराउने लक्ष्य छ । नास्पातीका क्यान्डी, जुस जस्ता उत्पादनसमेत बढाएर बजार प्रवद्र्धन गराई कृषकलाई आत्मनिर्भर बनाउने नीति लिएको छ ।

प्रदेश सरकारले वडा नं २, ३ र ४ मा तरकारी ब्लक व्यवस्थापनका लागि पनि रु २५ लाख बजेट विनियोजन गरेको छ । दक्षिणकाली नगरपालिकालाई फलफूल र तरकारीको केन्द्रका रुपमा विकास गर्न तीनै तहका सरकारबाट सहयोग जुटाएर काम भइरहेको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले सुनाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies