Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाएको खुलासा

गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रतिट्र्याक्टर एक हजार ५०० का दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ ।

अनुदानको ट्र्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताए । “ट्र्याक्टर लिन जाँदा एक्कासी एक हजार ५०० का दरले रकम मागियो, हामी त अचम्ममा पर्यौ”, उनले भने, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।”

त्यसभन्दा पहिले नै ट्र्याक्टरको ५० प्रतिशत मूल्य रु ३२ हजार ५०० आफूहरुले बैंकमा जम्मा गरेको भन्दै उनले एक हजार ५०० बुझाउनेबारे कुनै जानकारी नभएको बताए । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानूनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गरे । उनले भने, “ट्र्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भए पनि दियौँ र ट्र्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उनले भने ।

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानबाट रकम उठाइएको भन्दै उनले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानूनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग पनि गरे । सप्लायर्स कम्पनीले ३४ जना किसानबाट प्रतिकिसान एक हजार ५०० का दरले कूल रु ५१ हजार गैरकानूनी ढङ्गबाट असुली गरेको छ ।

गाउँपालिकाले आव २०७६÷७७ मै ट्र्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्र्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानलाई ट्र्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले बताए । “ट्र्याक्टरका लागि आवश्यक ५० प्रतिशत रकम किसानले पहिले नै बुझाउनुभएको थियो”, उनले भेन, “पछि बुझाउने रकमबारे पूर्वजानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।”

गाउँपालिकाले गत आवको कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नं ६ मा चार जना किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको छ । उक्त अनुदानका लागि रु ११ लाख ५० हजार गाउँपालिका र त्यति नै रकम किसानले जम्मा गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरुले सकेसम्म न्यूनदरमै किसानलाई ट्र्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिए । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उनले बताए । यसमा आफूहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उनले स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष नीकलण्ठ गौतमले ठेकेदारले किसानबाट रकम असुल गरेकोबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले गैरकानूनी ढङ्गबाट त्यसरी रकम उठाउने सप्लायर्सलाई स्पष्टीकरण सोधिने र छानविनका क्रममा दोषी ठहरिए कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

ट्र्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका सञ्चालक गिरिधरी चौधरीले आफूले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराएको बताए । ट्र्याक्टरको मोबिल, तेल, मिस्त्रीलगायत कामका लागि खर्च भएको रकम आफूले लिएको स्वीकार गरे । गाउँपालिकामा ‘कोटेशन’ दर्ता गर्दा नै पछि तिर्नुपर्ने शुल्क उल्लेख नगरेकाले आफूले अहिले रकम लिएको उनले प्रतिक्रिया दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies