Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूणर् रूपमा नष्ट गरेको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय, महानगरपालिकालगायतका निकायलाई पत्राचार गर्दै अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने जानकारी दिए । स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा क्षेत्र, बौद्ध तथा स्वयम्भू र अनामनगरक्षेत्रमा भएको अतिक्रमण हटाएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले अतिक्रमण भएका अन्य स्थानमा पनि क्रमशः भत्काइने बताए । काठमाडाैं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरी अतिक्रमण भएका स्थानमा अतिक्रमणकारीलाई हटाउने कार्यलाई तीव्रता दिने बताएको छ ।

राजधानीका विभिन्न खुला ठाउँमा अतिक्रमण हुँदा राजधानीको सौन्दर्यमा ह्रास हुँदै आएको छ । विशेषगरी यहाँका राजकुलो, तथा खोला नदी क्षेत्र आसपासमा ठूलो मात्रामा अतिक्रमण हुँदै आएको छ । विगतमा भूमाफियाहरूकै सक्रियतामा अतिक्रमण हुने क्रम बढेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies