Khabar Dabali Logo
  October 23, Fri

खोप आउने : सरकारले होइन, व्यापारीले ल्याउने

महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने आधारभूत जिम्मेवारीबाट पछि हट्यो सरकार

काठमाडौं । कोभिडविरुद्ध रसियाले परीक्षण गरिरहेको खोप ‘स्पुतनिक फाइभ’ नेपाल आउने समाचार विश्वभर फैलिएको छ । सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ । महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – रसियन खोप नेपाल आउने समाचार अमेरिकी च्यानल सिएनएनदेखि इन्डिया टुडेलगायतका भारतीय मिडियाले पनि प्रकाशित गरेका छन् । तर, नेपाल सरकारका आधिकारिक निकायहरू औचारिक रूपमा जानकार छैन ।

‘स्पुतनिक फाइभ’को प्रवद्र्धनमा काठमाडौंस्थित रसियन राजदूत एलेक्सेई नोभिकोभ सक्रिय थिए । यसबीचमा उनले मन्त्रीदेखि राष्ट्रिय सभाका अध्यक्षसम्मलाई भेटेका थिए । तर, निजी कम्पनीलाई अघि सारेर सरकार खोप ल्याउने जिम्मेवारीबाट पछि हटेको छ, जब कि महामारीविरुद्धको खोप राज्यको आधारभूत दायित्व हो ।

नेपालमा खोप सप्लाई गर्ने ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड’ सरकारी कोष हो । तर, यता निजी कम्पनीले सम्झौता गरेकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘स्पुतनिक फाइभ अन्तिम परीक्षणमा छ, प्रमाणित हुन बाँकी नै छ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘त्यो काम नलाग्ने खोप हो भने निजीलाई पनि ल्याउन दिन मिल्दैन, काम लाग्ने हो भने सरकारले ल्याउनुपर्छ । दादुरा, पोलियोलगायतका खोप निःशुल्क दिने देशमा कोभिडको खोप किन्नुपर्ने किन ?’

उताको सरकारी कोषबाट ल्याउने खोप यताको निजी कम्पनीबाट बिक्री गर्ने तयारी छ । यो खोपको बिक्री-वितरणमा सरकार पर्दापछाडि बस्न खोजेको छ । जब कि रसियन राजदूत नोभिकोभले यसबीचमा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेटेका थिए । खासगरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले खोपको प्रवर्धनबारे विस्तृत संवाद गरेको जानकारी राष्ट्रिय सभा सचिवालयले नै दिएको थियो ।

रसियन फण्ड र नेपालको निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौताको औपचारिक जानकारी रसियन फण्ड र रसियन दूतावासले दिएका छन् । ट्रिनिटी सप्लायर्स कम्पनीमा स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद गर्ने कम्पनी हो । हस्पिटेकका सञ्चालक तथा सत्तारुढ दलका नेताहरूको संरक्षण पाएका विशाल पण्डितको ट्रिनिटीमा पनि लगानी छ ।

रसियन दूतावासको सहयोगमा आपूmहरूले यो सम्झौता गरेको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले पनि बताए । ‘यो भ्याक्सिन उत्पादन गर्ने रसियाको सरकारी कम्पनी हो । यो सम्भौता रसियन दूतावासको सहयोगमा भएको हो । सो कम्पनीले हामीजस्तै विश्वका ३१ कम्पनीसँग सम्झौता गरेको जानकारी दिएको छ,’ उनले भने ।

त्यसो त नेपाल आउने भनिएको ‘स्पुतनिक फाइभ’ खोप अहिलेसम्म प्रमाणित भइसकेको छैन । यो रसियामा नै तेस्रो अर्थात् अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षणको परिणाम नोभेम्बरसम्म आइपुग्ने अपेक्षा छ । अहिले दुनियाँमा एक सय ४० भ्याक्सिन परीक्षणमा छन्, तीमध्ये नौ भ्याक्सिन तेस्रो अर्थात् अन्तिम चरणको परीक्षणमा छन् ।

रसियाबाट दुई करोड ५० लाख डोज खोप नेपालमा ल्याउने सम्झौता भएको तथ्य सार्वजनिक भएको छ । तीन करोड जनसंख्या भएको नेपालका लागि यो उल्लेखनीय हो । तर, यति धेरै खोप नेपाल आउनेमा सम्झौताकर्ता नै आशावादी छैनन् । ‘हामीले सम्झौता गरेको मात्रामा खोप आउने होइन, तीन-चार लाखसम्म ल्याउन सकियो भने सफलता मान्नुपर्छ,’ ट्रिनिटीका निर्देशक अधिकारीले भने ।

रसियाको सरकारी फण्ड र नेपालको निजी कम्पनीबीच सम्बन्ध जोडिदिने सरकारी ‘च्यानल’ले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र स्वास्थ्य अनुसन्धान परिषद्लाई भने खबर गरेको छैन ।

मंगलबार रसियन फण्डले विज्ञप्ति जारी गरेर नेपालको ट्रिनिटी फर्मास्युटिकल्सले दुई करोड ५० लाख डोज स्पुतनिक-५ आयातका लागि सम्झौता गरेको समाचार आएपछि सरकारी निकायहरू आश्चर्यमा परेका थिए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी रुसी भ्याक्सिन नेपाल आउन लागेको विषयमा आफूहरू अनभिज्ञ रहेको बताउँछन् । ‘भ्याक्सिनको विषयमा मन्त्रालयमा छलफल भएको छैन, मन्त्रालयलाई कुनै जानकारी छैन,’ उनले भने ।

कोरोनाविरुद्धको कुनै पनि भ्याक्सिन तथा उत्पादक कम्पनी नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । ‘औषधि तथा भ्याक्सिनलगायत स्वास्थ्य सामग्री आयातका लागि विभागबाट स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘तर, स्वीकृति त परको कुरा, भ्याक्सिन उत्पादन गर्ने कम्पनी विभागमा दर्ता भएका छैनन्, दर्ताको प्रक्रियासमेत सुरु भएका छैन ।’

विभिन्न मुलुकले बनाइरहेको भ्याक्सिनको क्लिनिकल परीक्षण पूणर् रूपमा सम्पन्न भएपछि मात्रै आयात प्रक्रिया अघि बढ्न सक्ने ढकालले बताए ।

तर, नेपालको कम्पनीले रसियामा बनिरहेको भ्याक्सिन स्पुतनिक फाइभ आयातका लागि सम्झौता गरेको विषयमा जिज्ञासा राख्दा ढकालले भने, ‘कुनै कम्पनीले रसियाबाट भ्याक्सिन ल्याउन सम्झौता गरेको भन्ने हल्ला मैले पनि सुनेँ, तर अहिलेसम्म हाम्रो औपचारिक जानकारीमा छैन, क्लिनिकल परीक्षण नै सम्पन्न नभईकन आयातको प्रक्रिया सुरु हुने कुरा पनि आउँदैन,’ उनले भने, ‘बाहिर हल्ला गराउने अनि परीक्षण सकिएलगत्तै भनसुन र दबाबमा भ्याक्सिन दर्ता गराएर आयात गर्ने प्रयास पनि हुन सक्छ । तर, यो गम्भीर विषय हो, यस्तो गर्न सहज चाहिँ छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले रुसबाट भ्याक्सिन ल्याउनबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘भ्याक्सिनको तेस्रो चरणको परीक्षण सफल भएपछि विश्व स्वास्थ्य संगठनलगायत संस्थाले ठीक छ भनेपछि मात्र आयातको प्रक्रिया हुन्छ, परीक्षण पूरा भएपछि सरकारले निणर्य गर्ने हो । तर, यहाँ सरकारभन्दा निजी कम्पनी अघि सरेको देखियो,’ उनले भने ।

औषधि व्यवसायीको छाता संगठन नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले समेत यसबारे आफू र संघ अनभिज्ञ रहेको बताए । ‘नेपालमा कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात गर्ने विषयमा हाम्रो संघलाई कुनै औपचारिक जानकारी छैन ।

भ्याक्सिन आयात गर्ने विषयमा हाम्रो संघमा अथवा हामी व्यवसायीबीच कुनै औपचारिक-अनौपचारिक छलफल भएका छैन,’ उनले भने, ‘जुन मुलुकले भ्याक्सिन उत्पादनको प्रयास गरेका छन्, ती सबै परीक्षणकै क्रममा रहेकाले पनि अहिल्यै भ्याक्सिन आयातको प्रक्रिया सुरु हुन सक्दैन । अहिले समय भइनसकेको जस्तो लाग्छ ।’

अन्तर्राष्ट्रिय मिडियामा नेपाल र स्पुतनिक खोप

सिएनएन, रोयटर्स, द गार्डियन, युएसए टुडे, न्युज ट्वान्टी-फोर डटकम, स्विस इन्फो, कोभिड नाइन्टिन डेटालगायत विश्वभरका सञ्चारमाध्यमले रसियाबाट नेपालले दुई करोड ५० लाख डोज स्पुतनिक फाइभ भ्याक्सिन किन्न लागेको समाचार प्रकाशित गरेका छन् ।

सिएनएनले रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा दुई करोड ५० लाख डोज भ्याक्सिन आपूर्ति गर्ने सहमति भएको उल्लेख गरेको छ । अत्यन्तै महत्वपूणर् मानिने तेस्रो चरणको ट्रायल नसकिँदै रसियाले विवादास्पद रूपमा स्वीकृत गरेको भ्याक्सिन नेपालले किन्न लागेको पनि सिएनएनले उल्लेख गरेको छ ।

त्यस्तै, युएसए टुडेले रसियाली फन्ड र नेपालको निजी कम्पनीले भ्याक्सिन उपलब्ध गराउने सहमति गरेको उल्लेख गरेको छ । अन्तिम चरणको ट्रायलविना हजारौंलाई लगाइएपछि यो खोपका विषयमा संसारभरि नै बहस भएको पनि समाचारमा स्मरण गराइएको छ ।

रोयटर्सले एक निजी फर्मका माध्यमबाट रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले नेपाललाई स्पुतनिक फाइभ भ्याक्सिन उपलब्ध गराउन सहमत भएको उल्लेख गरेको छ । भारतलाई १० करोड डोज दिनेलगायत विश्वभर यो भ्याक्सिन आपूर्ति गर्न फन्डले सम्झौता गरिरहेको पनि रोयटर्सले उल्लेख गरेको छ । रुसकै स्पुतनिक न्युजले फन्डलाई उद्धृत गर्दै दुई करोड ५० लाख डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनतालाई खोप लगाउन पुग्ने दाबी गरेको छ ।

अशोज १४ गते, २०७७ - ०६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटना : १६ घाइते, दुईको अवस्था गम्भिर

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन् भने दुईको अवस्था...   

तेह्रथुममा सैनिक जवानको करेन्ट लागेर मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको ज्यान गएको छ ।सैनिक जवान बराइली...   

बागलुङमा सुत्केरी महिला सहित ९ जनामा कोरोना पाेजिटिभ देखियाे

बागलुङ । बागलुङका एक सुत्केरी महिला सहित ९ जनामा कोरोना पाेजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र...   

दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना

दाङ । दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार काठमाडौँबाट...   
गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको...   

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार...   

स्वास्थ्य सुरक्षाका लागि बसभित्र मौन बसौं

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य...   

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले...   

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले...   
दुई प्रहरीको हत्याले आशंका

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top