Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका अवसरमा न्युयोर्कमा आज भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान सङ्कटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत छन् भने ।

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको प्रधानमन्त्री ओलीले बताए । भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा जोड दिँदै उनले दिगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थ प्रस्तुत गरे । प्रधानमन्त्रीले भने, “अतः उनीहरुलाई बाह्य जगत्बाट सहयोगस्वरुप लगानी तथा प्रविधि हस्तान्तरणको आवश्यकता परेको छ ।”

वक्तव्यको पूर्णपाठः

क्यानडा तथा जमैकाका सम्माननीय प्रधानमन्त्रीज्यूहरू,
संयुक्त राष्ट्र सङ्घका महासचिवज्यू,
महामहिमज्यूहरू,
महिला तथा सज्जनवृन्द ।
यो उच्चस्तरीय बैठक आयोजना गर्नुभएकामा म क्यानडा र जमैकाका सरकारहरू साथै संयुक्त राष्ट्र सङ्घका महासचिवज्यूलाई ३२ वटा भूपरिवेष्टित विकासशील राष्ट्रका समूहका तर्फबाट सराहना व्यक्त गर्न चाहन्छु ।

सन् २०२० को २८ मे मा शुरू गरिएको कोभिड –१९ र यसपछिको समयमा विकासका लागि वित्तीय स्रोत जुटाउनेसम्बन्धी बहुपक्षीय प्रयत्नमा आधारित, समयसापेक्ष र समन्वयात्मक पहलको हामी स्वागत गर्दछौँ ।

कोभिड–१९को महाव्याधिले सार्वजनिक स्वास्थ्य प्रणाली तथा हाम्रा अर्थतन्त्रहरू दवावमा परेका छन् । यसले जनजीवन र जनजीविकालाई नराम्ररी प्रभावित गरेको छ ।

सङ्कटबाट आफ्ना अर्थतन्त्रहरूलाई जोगाउन विकसित मुलुकहरूले अभूतपूर्व रूपमा वित्तीय तथा मौद्रिक नीतिहरू अवलम्बन गरेका छन् । अर्कातर्फ व्यापार तथा पर्यटनबाट हुने आम्दानीमा गिरावट, घट्दो प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण सेवाशुल्क जस्ता कारणले घट्दो वैदेशिक मुद्रा आप्रवाहबीच अधिकांश विकासशील राष्ट्रहरू र खासगरी अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूको नीतिगत सम्बोधन कमजोर रहेको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूहका तर्फबाट म हाम्रासामु प्रस्तुत दस्तावेजमा उल्लिखित उपायहरूको समर्थन व्यक्त गर्दै विशेषगरी देहायमा उल्लेखित क्षेत्रहरूमा ठोस कार्यका लागि आह्वान गर्न चाहन्छुः

पहिलो, सङ्कटबाट राहत पाउनका लागि संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनसम्बन्धी प्रस्तावित विश्वव्यापी सहयोग तथा समन्वय संरचना हामीलाई अत्यन्त जरूरी छ । यस्तो संयन्त्रले क्षमता विकास आवश्यक पर्ने भूपरिवेष्टित विकासशील मुलुकहरूको विशेष आवश्यकताहरू सम्बोधन गर्न, व्यापारबाट लाभ लिन, संरचनागत आर्थिक रूपान्तरण हासिल गर्न तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न विशेष प्राथमिकता दिनुपर्छ ।

दोस्रो, पुनःस्थापनाका लागि महत्वपूर्ण मानिने वस्तु प्रवाहका लागि तत्कालै आवश्यक लचिला संरचना तथा व्यापार सहजीकरण संयन्त्रका लागि भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई वित्तीय सहायता अत्यावश्यक छ ।

तेस्रो, डिजिटल रूपान्तरण हासिल गर्ने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रयासमा सहायता गरिनुपर्दछ ।

चौथो, समान पहुँच, गुणस्तर र वित्तीय सुरक्षाका साथै खोप तयार भएपछि सहज र सरल मूल्यमा सबैलाई स्वास्थ्य सेवाको पहुँच हुनेगरी सबल र लचिलो स्वास्थ्य प्रणालीको विकासमा सहायता गर्न हामी अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्दछौं ।

पाँचौँ, उच्च ऋणयुक्त देशहरूलाई ऋण खारेजी, अन्तरराष्ट्रिय ऋणदाताहरूद्धारा ऋण उन्मुक्ति, ऋण सेवा घटाउन ऋणको पुनःतालिकीकरण वा सटही, ऋण मिन्हा, उच्च ऋणयुक्त देशहरूको ऋणलाई शेयरमा रूपान्तरण तथा ऋण पुनः खरीद जस्ता माध्यमहरूबाट ऋण जोखिमलाई सम्बोधन गर्न सहायताका ठोस उपायहरू अवलम्बन गरिनुपर्दछ ।

छैटौंँ, हाम्रा मुलुकहरू दिगो रूपमा पुनःस्थापित हुनका लागि औपचारिक विकास सहायताको हालको स्तरलाई कायम राख्न हामी हाम्रा विकास साझेदारहरूलाई आह्वान गर्दछौंँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूमध्ये पनि अतिकम विकसित राष्ट्रहरूमा दिगो विकासका लक्ष्य प्राप्त गर्न वित्तीय अभाव गम्भीर देखिन्छ । ती मुलुकहरूलाई विकास सहायता, लगानी, प्रविधिको नवप्रवत्र्तन, विकास तथा हस्तान्तरणका लागि अनुमानयोग्य बाह्य सहायताको आवश्यकता रहेको छ ।
सातौँ, भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा ती मुलुकका विशेष आवश्यकतालाई प्राथमिकता दिन हामी अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूलाई आह्वान गर्दछौं ।

आठौंँ, भियना कार्ययोजना कार्यान्वयनको मार्गचित्रको प्रभावकारी कार्यान्वयनलगायत भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा प्राथमिकताका साथ सहायता गर्न हामी संयुक्त राष्ट्र सङ्घीय प्रणाली र अन्य अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई अनुरोध गर्दछौँ ।

अन्त्यमा, निजी सार्वजनिक साझेदारी माध्यमसमेतबाट पुनःस्थापना प्रयासहरू र खासगरी दिगो विकासका परियोजनाहरूमा सक्रिय सहभागी हुन हामी निजी क्षेत्रलाई आह्वान गर्दछौंँ ।

सङ्क्षेपमा म विश्वव्यापी विकास एजेन्डा कार्यान्वयनप्रतिको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अविचलित प्रतिबद्धता दोहोर्याउन चाहन्छु ।
धन्यवाद !

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies