Khabar Dabali Logo
  October 24, Sat

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशालालाई कारवाही गर्न पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारवाही गर्न पत्राचार गरिएको जानकारी दिए । सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरेपनि बढी केही निजी प्रयोगशाला तथा अस्पतालले वढी शुल्क लिदै आएका बताइएको छ । उनीहरुले पिसिआर शुल्क वापत रु तीन हजार ८९९ लिदैँ आएका जनाएका छन् ।

मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो । रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क रु दुई हजार कायम गरेको थियो । स्टार, ह्याम्स , वि एण्ड वि ,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई वढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको जानकारी दिए । “ पिसिआरमा बढी शुल्क लिने ती प्रयोगशालालाई कारवाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौ”, उनले भने, “ सरकारले तोकेको भन्दा बढी शुल्क लिएका प्रयोगशाला कारवाहीमा पर्ने छन ।”

ती प्रयोगशालाले तीन हजार ८९९ रुपैँया वैज्ञानिक शुल्क भएकोले सरकारले तोकेको दुई हजार रुपैँया परीक्षण गर्न नसक्ने बताएका छन । उनका अनुसार केही नीजि प्रयोगशालाले सरकारले तोकेको भन्दा कम एक हजार ५०० मा पनि परीक्षण गरिरहेको छन् ।सोमबार ती प्रयोगशालाले विज्ञप्ति जारी गर्दै नयाँ सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म तीन हजार ८९९ मा नै परीक्षण गर्ने बताएका छन । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ ।

अशोज १३ गते, २०७७ - २०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सुरक्षा भत्ता लिएर घरघर पुगे वडाध्यक्ष

झापा । दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै...   

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा चाडपर्व मनाउन आग्रह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा...   

राष्ट्रपतिबाट यस बर्ष सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा...   

संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा...   

काठमाडौं उपत्यकामा २ हजार ७२० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो, सक्रिय संक्रमितको ४६ हजार ६९१

काठमाडौँ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य...   

शुक्रबार ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण, २ हजार ६ सय ६८ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर । यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको। फूलपातीको...   

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने...   

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top