Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पठनपाठन शुरु गर्न जोरबिजोर प्रणाली लागु गर्ने

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ ।

धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । उहाँका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाई भने सिकाई सहजीकरणमा सहभागी नगराउने र उक्त उमेर समूहका बालबालिकालाई सिकाई सामग्री उपलब्ध गराई अभिभावक सिकाई सहजीकरण सम्बन्धी परामर्श सेवा उपलब्ध गराई घरमै पढ्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटर कायम हुने गरी राख्ने र एक बेन्चमा बढीमा दुई जना राख्न पाउनेछन् । सवारी साधन सञ्चालन गर्ने विद्यालयले सिटको एक लहरमा एक विद्यार्थी मात्र राख्न र स्यानीटाईजरको व्यवस्था गर्न सबै विद्यालयलाई पत्राचार गरिएको छ ।

एक मिटरको दूरीमा बेन्च राखेर पढाइ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटरको राखेर पढाई शुरु गर्ने तयारी गरेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सिकाई सहजीकरण सम्बन्धमा निर्देशन दिँदै विद्यार्थीबीच भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी पठनपाठनको तयारी गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

कोभिड–१९ को कारण अवरुद्ध विद्यार्थी सिकाई प्रक्रिया शिक्षा मन्त्रालयको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको बैठक तथा कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने सम्बन्धमा सबै विद्यालयहरुलाई सुचित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले एक बेन्च र अर्को बेन्चको दूरी कम्तीमा एक मिटरको हुनुपर्ने र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थी राख्न निर्देशन दिएको छ । त्यस्तै ५० देखि एक सय जना विद्यार्थी भएका विद्यालय दुई चरणमा सञ्चालन गर्न र एक सयदेखि दुई सय वा सो भन्दा माथि विद्यार्थी भएका विद्यालयले दिन बिराएर भएपनि आलोपालो रुपमा सञ्चालन गर्न पत्राचार गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

बस सञ्चालन गरेका विद्यालयले सिटको एक लहरमा एक जना मात्रै विद्यार्थी राखी ल्याउनुपर्ने र बसको ढोकामा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने तथा ज्वरो आएका तथा जुनसुकै बिरामीका लक्षण भएका विद्यार्थीलाई अभिभावकले नै विद्यालय नपठाउन आग्रह गरिएको छ ।

कक्षा १ वा ६ वर्ष मुनिका बालबालिकालाई सिकाई प्रक्रियामा सहभागी नगराउने पनि गाउँपालिकाले जनाएको छ । सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था पनि गरिएको छ । साथै सूचनाको अटेर गरी सात दिन भित्रमा हाजिर हुन नआउने शिक्षक तथा कर्मचारीको विवरण गाउँपालिकालाई उपलब्ध गराउन निर्देशन दिईएको छ ।

अनलाइनमा पहुँच नभएकालाई विद्यालयमा पठनपाठन

तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले अनलाइनमा पहुँच नभएकाहरुलाई विद्यालयमै बोलाएर पठनपाठन शुरु गरेको छ । व्यास नगरपालिकाले असोज ११ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालयले अनलाइन प्रविधिमा पहुँच नभएकाहरुलाई मात्रै विद्यालयमा बोलाएर पठनपाठन शुरु गरेको हो ।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले अनलाइनमा पहुँच नभएकालाई विद्यालय बोलाएर पढाउन शुरु गरिएको जानकारी दिनुभयो । तर अनलाइनमा पहुँच भएकाहरुलाई भने अनलाइनबाटै पढाइराखिएको छ । उहाँका अनुसार विद्यालयमा दुई चरणमा कक्षा सञ्चालन हुनेछन् । बिहान १० बजेदेखि १२ः३० बजेसम्म र २ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुनेछन् ।

निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले आवश्यक सुरक्षा अपनाएर दुई चरणमा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो १ः३० देखि ४ बजेसम्म कक्षा सञ्चालन गरिएको छ ।

व्यास नगरपालिकाबाट जारी गरिएको निर्देशिका बमोजिम नगरपालिकाभित्र विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । नगरपालिकाको निर्णय बमोजिम धेरै विद्यार्थी भएको ठाउँमा तीन चरणमा कक्षा सञ्चालन गर्न भनिएको शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies