Khabar Dabali Logo
  October 24, Sat

अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ ।

अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा डा लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराएको हो ।

मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा न्यायालय र न्यायधीशहरूमाथि गालीगलौजका साथै गम्भीर आरोप लगाई अदालतको अवहेलना गरेको हुँदा प्रा डा लुइँटेललाई प्रचलित कानूनअनुसार हदैसम्मको सजायको माग दाबी गरिएको छ ।

सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशहरूको संवैधानिक इजलासबाट २०७४ सालमा भरतकुमार बस्नेतविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँसमेत भएको उत्प्रेषण परमादेश मुद्दामा २०७६ साल मङ्सिर २७ गते आदेशमा सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी लिपिमा राख्न मिल्ने गरी व्याख्या भई रिट निवेदन खारेज भएको हो ।

उक्त आदेश प्रमाणीकरण भई सार्वजनिक भएपछि प्रा डा लुइँटेलले २०७७ साल साउन २१ गते निज अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट एक विज्ञप्ति प्रकाशित गरी उक्त फैसलाका सम्बन्धमा न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ट नम्बर प्लेट नेपाली भाषामा नभइ अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको अत्यन्त आपत्तिजनक फैसलाप्रति यो सञ्जाल खेद प्रकट गर्दै घोर निन्दा एवं भत्र्सना गर्दछ भनिएको थियो । प्रा डा लुइँटेलले अदालतको अवहेलना गरेको ठहर भएमा रु दश हजारसम्म जरिवाना र एक वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

अशोज १३ गते, २०७७ - १७:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सुरक्षा भत्ता लिएर घरघर पुगे वडाध्यक्ष

झापा । दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै...   

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा चाडपर्व मनाउन आग्रह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा...   

राष्ट्रपतिबाट यस बर्ष सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा...   

संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा...   

काठमाडौं उपत्यकामा २ हजार ७२० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो, सक्रिय संक्रमितको ४६ हजार ६९१

काठमाडौँ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य...   

शुक्रबार ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण, २ हजार ६ सय ६८ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर । यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको। फूलपातीको...   

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने...   

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top