Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताउए ।

कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले प्रतियोगितामा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीन फोटो र एउटा भिडियो पठाउनुपर्ने जानकारी दिए ।

पठाइएको फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान छ । प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए।

सर्वोत्कृष्ट पुरस्कार विजेतालाई रु ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गरिने छ । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई रु २५ हजार ३५०, दोस्रो हुनेलाई रु १६ हजार ८५० र तेस्रो हुनेलाई रु १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ ।

साना जनावर (कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत) विधातर्फ प्रथम हुनेलाई रु सात हजार, दोस्रालाई रु छ हजार र तेस्रालाई रु पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार प्रदान गरिने बताइएको छ ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखबर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ । जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ, त्यसले त्यति नै अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज मसान्तसम्म छ । आगामी कात्तिक १ गते सबै प्रतियोगीका फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गरिने छ । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मङ्सिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies