Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कोरोनाको जोखिम बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टिनलाई थप व्यवस्थित गर्न थालेका छन् ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टिनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।

शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टिन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टिनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहितासमेत जारी गरेका छन् ।

अब क्वारेन्टिन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य सङ्क्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । उनले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् ।

क्वारेन्टिन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने सङ्क्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टिनको व्यवस्थापनमा जुट्दा क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्दा पनि सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यसरी स्थानीय सरकारले क्वारेन्टिन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था डिसिएले सहयोग पुर्याएको छ ।

क्वारेन्टिनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टिनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघरसमेत डिसिएले निर्माण गरिदिएको छ ।

यसरी व्यवस्थित भएको क्वारेन्टिनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टिनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र स्नानघरको व्यवस्था भएको देख्दा निकै दङ्ग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्न आएकी थिइन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टिनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुसी व्यक्त गरिन् । उनले क्वारेन्टिनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् ।

धादिङमा क्वारेन्टिन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सातवटा स्थानीय तहका १० वटा क्वारेन्टिनलाई व्यवस्थित बनाइएको छ ।

खनियाबास, गङ्गाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसार बनाइएको छ भने क्वारेन्टिन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता पनि लागू गरिएको छ । यस किसिमको नयाँ मापदण्डले पक्कै पनि सङ्क्रमण फैलनबाट बचाउने अपेक्षा गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies