Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मेलम्ची पछि देशकै दोस्रो ठूलो पोखरा खानेपानी आयोजनाको काम शुरु

कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम शुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को रु पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दशैँपछि भने पूर्ण क्षमतामा शुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो ।

परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’का मुख्य आठजना प्राविधिक आउने निश्चित भएको र नेपाल आएपछि क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएकाले दशैँपछि पूर्ण क्षमतामा काम शुरु हुने खानेपानी संस्थानका इन्जिनीयर सन्तोषकुमार दासले बताए ।

उनले भने, “लकडाउनले पाँच महिना आयोजनाको काम पूूरै रोकिएकामा भदौबाट इमर्जेन्सी मेन्टिनेन्सको काम नेपाली कामदारबाट भइरहेको छ । निर्माण व्यवसायीका प्राविधिक केही दिनमै आउने निश्चित भएकाले अब दशैँपछि आयोजनाको काम पूर्ण क्षमतामा अघि बढ्छ ।”

सन् २०२१ अगस्त ११ भित्रमा आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि हालसम्म २५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । हालसम्म ५६ प्रतिशत प्रगति हुनुपर्नेमा बन्दाबन्दीले लक्ष्य पूरा गर्न चुनौती थपिएको बताइएको । खानेपानी सुधार आयोजनाअन्तर्गत हाल पोखरामा अप्रशोधित पानी वितरण भइरहेकामा मर्दी खोलाको पानी प्रशोधन गर्ने तथा वितरण लाइनको सुधार गर्ने योजना छ ।

सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा चौबिसै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । जाइकाको अनुदान सहयोग तथा खानेपानी संस्थानले अघि बढाएको आयोजनाको विसं २०७६ जेठमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले शिलान्यास गरेका थिए । संस्थानले आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएकामा जापानिज कम्पनीसँग निर्माण सम्झौता गरिएको थियो ।

पोखरावासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दी खोलाको पानी शुद्धीकरणका लागि मुहान नजीक ग्रिड चेम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेसन ट्याङकी ९ढुङ्गा, बालुवा हटाउने पोखरी० निर्माण भइरहेको छ । सेडिमेन्टेसन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लो एन्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चारवटा पानी थिग्र्याउने ट्याङ्की तथा छवटा पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की ९स्लोस स्यान्ड फिल्टर० र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एन्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको बताइन्छ ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रशोधित पानी वितरणका लागि तीनवटा ट्याङ्की निर्माण भइरहेका छन् । फूलबारीमा निर्माण भइरहेको ट्याङ्कीको ८० प्रतिशत काम सकिएको छ । त्यसैगरी प्रस्र्याङको पाँच प्रतिशत र कोलपाटनको २० प्रतिशत काम सकिएको इन्जिनीयर दासले जानकारी दिए ।

पानी वितरणका लागि बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार गर्ने योजना छ । त्यसैगरी संस्थानले सात हजार ३०० धारा जडान गर्नेछ । संस्थानले छुट्टै १४ किमी पाइपलाइन विस्तारको कामसमेत अघि बढाएको छ । समग्रमा आयोजनाको ९० प्रतिशत जापानिज निर्माण कम्पनी र १० प्रतिशत कामको जिम्मा संस्थानको छ । केही स्थानमा पाइपलाइन विस्तार तथा धारा जडानको काम संस्थानको छ । सो कार्यका लागि अघिल्लो वर्ष रु १३ करोड लागतमा बोलपत्र आह्वान गरी काम भइरहेको संस्थालने जनाएको छ । संस्थाले आयोजनमा रु ४० करोड लगानी गर्नेछ ।

सन् २०१७ को फेब्रुअरी १५ मा सरकार र जाइकाबीच सो आयोजनासम्बन्धी सम्झौता भएको थियो । आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

संस्थानका अनुसार पोखरामा चौबिसै घण्टा सहज पानी आपूर्तिका लागि दैनिक छ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल चार करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ । मर्दीखोलाको पानी नै पोखराको मुख्य खानेपानीको स्रोत हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies