Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भक्तपुर नगरपालिकाको ७५ शय्याको आइसोलेन केन्द्र शुरु

भक्तपुर । भक्तपुर नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० सङ्क्रमितलाई राखेको छ । थप विरामी थपिने क्रम जारी छ ।

नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत् प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न शुरु गरेको हो । “भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ तर पनि अवस्था पहिलाको जस्तो रहेन, पहिला व्यक्ति व्यक्तिमा फाटफुट देखिने सङ्क्रमण अहिले सिङ्गो परिवारमा फैलिएको छ, समुदायमा फैलिएको छ”, नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा सङ्क्रमित नागरिकलाई राख्न आफैँले आइसोलेसन केन्द्र तयार पारेका हौँ ।”

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वाले जानकारी दिए ।

नगरपालिकाले आइसोलेसन केन्द्रमा बस्ने सङ्क्रमितका लागि आवश्यक लत्ताकपडाबाहेक अन्य सुविधा नगरपालिकाले व्यवस्था गरेको छ । प्रत्येक सङ्क्रमितका लागि अलग्गै पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका सहितको र्याक व्यवस्था गरिएको संयोजक ज्याख्वाले बताए ।

सङ्क्रमितलाई सूचना प्रवाहका लागि माइकिङ र अलगअलग फोनको व्यवस्था, प्रत्येकका लागि छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको व्यवस्था गरिएको छ भने दैनिक चार छाक खाना र खाजा खुवाइने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा विबामीका लागि अक्सिजनको व्यवस्था गरिएको छ ।

आइसोलेसनमा बस्ने नागरिकलाई नगरपालिकाले निःशुल्क सेवा दिने भएको छ । नगरप्रमुख प्रजापतिले भने, “अब अरुको भर परेर हुँदैन, होम आइसोलेसनमा राख्दा झन परिवार नै सङ्क्रमित हुने जोखिम बढ्यो, त्यसैले आइसोलेसन केन्द्रको व्यवस्था गरेका हौँ, यहाँ बस्ने सङ्क्रमितलाई निःशुल्क सेवा दिन्छौँ, नगरवासीको करबाट उठेको रकम उनीहरुकै लागि खर्च गर्छौँ ।”

भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकामा परिवारै सङ्क्रमित देखिएकोे हुँदा होम आइसोलेसन व्यावहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसन केन्द्रको व्यवस्था गरेको हो । आइसोलेन केन्द्रमा बस्दाबस्दै बिरामीलाई श्वासप्रश्वासमा समस्या भई आइसियू तथा भेन्टिलेटरको आवश्यकता परेमा भने बिरामीलाई भक्तपुर अस्पताल पठाइने भएको छ ।

सङ्क्रमितलाई बोक्न नगरपालिकाले आइसोलेसन केन्द्रमा ल्याउन र अस्पताल लैजानुपरेमा प्रयोग गर्न केन्द्रमा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरपालिकाद्वारा सञ्चालिन जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख एवं आइसोलेसन सेन्टरका प्रवक्ता डा रत्नसुन्दर लासिवाले जानकारी दिए ।

यहाँका लागि नगरपालिकाले आफ्नै जनशक्ति परिचालन तथा व्यवस्थापन गरेको छ । हरेक दिन तीन नर्सले नियमित र प्रत्येक दिन बिहान र बेलुका एक–एक गरी दुई चिकित्सकले सेवा दिने व्यवस्था गरिएको उनको भनाइ छ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० कर्मचारीको व्यवस्था गरिएको छ ।

आइसोलेसन केन्द्रमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीका लागि सुरक्षाको व्यवस्था गर्दै आइसोलेसन केन्द्रमा सात दिनको ड्युटीपछि अर्को हप्ता क्वारेन्टाइनमा राख्ने र पिसीआर परीक्षणपछि पुनः ड्युटीमा खटाउने व्यवस्था गरिएको छ । भक्तपुर नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्र र श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गरी बिरामीको सेवा गर्दै आएको छ भने ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गर्न भवन निर्माण गरिरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies