Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

घाटीबगर-छाङरु बाटो खुल्यो

छाङरू र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

दार्चुला। नेपाली सेनाले व्यास जोड्ने घाटीबगर-छाङरु घोडेटो बाटोको ट्रयाक खोलेको छ । दार्चुलाको व्यास गाउँपालिका-१ घाटीबगरस्थित मौर्‍याभीरमा खसेको पहिरोले एक वर्षदेखि उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास-१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ  ।

आजको कान्तिपुर दैनिकमा खबर छ - सेनाले गत जेठ ९ गते ट्रयाक खोल्न सुरु गरेको थियो । असारमै ट्रयाक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ ।

घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्रयाक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । ‘दुई मिटर चौडा बाटोको ट्रयाक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीन-चार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ ।

व्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्रयाक खुलेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए । तर, यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूणर् रूपमा बेंसीबाट गाउँ उक्लेका थिए । सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरु र टिंकर पुगेका थिए ।

व्यास-१ टिंकरका मोहनसिंह टिंकरीका अनुसार बाटो नहुँदा छाङरु र टिंकरवासी सदरमुकाम खलंगा आउन पाएका थिएनन् भने सदरमुकाममा रहेका स्थानीय गाउँ फर्किन सकेका थिएनन् । घाटीबगरमा बाटो खुलेपछि गाउँबाट सदरमुकाम आउजाउ गर्न सहज हुने उनको विश्वास छ । छाङरु र टिंकरका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी (सदरमुकाम खलंगा) बस्ने गर्छन् ।

घाटीबगरमा सेनाले बाटो बनाए पनि अन्य धेरै ठाउँमा अवरोध रहेको दार्चुलाका उमेशसिंह खत्रीले बताए । ‘घाटीबगरको माथिल्लो क्षेत्रमा त्यति धेरै अप्ठ्यारो बाटो छैन,’ उनले भने, ‘घाटीबगर तलतिर सेनाको क्याम्प नजिक घोडेटो बाटोमा महाकालीले कटान गरिरहेको छ । तम्बाकु, कल्जुलगायत तीनरचार ठाउँमा अझै बाटो निर्माण गर्नुपर्ने छ ।’ उनका अनुसार पहिले केही ठाउँमा मात्र व्यासको घोडेटो बाटो अवरुद्ध हुन्थ्यो ।

अहिले ठाउँठाउँमा महाकालीले कटान गरेर बाटो बगाएको छ । भारतले महाकाली किनारैकिनार सडक निर्माण गर्दा व्यासको घोडेटो बाटो खतरामा परेको हो । सडक खन्दा निस्किएको माटोढुंगा महाकाली किनारमा फाल्दा नदीको बहाव नेपालतर्फ फर्केर क्षति पुर्‍याएको खत्रीको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies