Khabar Dabali Logo
  October 29, Thu

ओम्नीलाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले यस्तो आदेश दिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ओम्नीले ९ असोजमा सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राख्ने निणर्यविरुद्ध अदालतमा रिट दायर गरेको थियो । ओेम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटमा अदालतको यस्तो आदेश आएको हो ।

सरकारले २९ चैतमा यसअघि स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । २८ भदौमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि टेन्डरमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्ने निणर्य गरेको थियो ।

कार्यालयले कुनै पनि खरिद तथा बिक्री प्रक्रियामा भाग लिन नपाउने गरी एक वर्षसम्मका लागि कालोसूचीमा राखेको थियो । सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरेको रिटमा फैसला आइनसक्दै कालोसूचीमा राख्ने निणर्य भएपछि ओम्नीअर्को रिटसहित सर्वोच्च गएको हो ।

सम्झौता रद्द र पाँच करोड रुपैयाँ जमानत जफत भएकोविरुद्ध सर्वोच्चले भदौ ४ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त समूहसँग सरकारले सवा अर्ब रुपैयाँभन्दा बढीकोे सामग्री खरिदको सम्झौता गरेको थियो ।

तर, मास्क, पञ्जा, पिपिईजस्ता सामग्री बजार मूल्यभन्दा बढी देखिएको र वेलामा सामान आपूर्ति नगरेको भन्दै स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको जनाएको थियो । आफूलाई सफाइ दिने मौका नदिई सम्झौता तोडेको भन्दै सम्झौता तोड्ने निणर्य खारेजीको माग गर्दै उक्त समूहले रिट दायर गरेको थियो ।

अशोज १३ गते, २०७७ - ०६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top