Khabar Dabali Logo
  October 26, Mon

जमीन भासिएर पहिरो जाँदा तीन सय घर जोखिममा

अर्घाखाँची । शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ । वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ ।

सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिराबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ । घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए । पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ ।

कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन् । छयालीस घर पहिराको उच्च जोखिममा र झण्डै एक सय घर जोखिममा छन् । ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्ण रुपमा भत्किएका छन् । एघार घर पहिराको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिराको जोखिममा रहेको वडा नम्वर ११ का वडाध्यक्ष कपिल आलेले बताए ।

अशोज १२ गते, २०७७ - २१:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्समा ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकै दिन ५२ हजार थपिए

सिन्ह्वा । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका...   
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

वासिङ्टन । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच...   

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा...   

अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए

काबुल । अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको...   
अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

काबुल । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका...   

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण...   

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी...   

ज्येष्ठ नागरिकलाई दशैं कोसेली–वृद्धाभत्ता

ओखलढुङ्गा । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका...   

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन्...   

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top