Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरु धमाधम पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई खोजीखोजी पक्राउ गरेको हो ।

प्रहरीले असार दोस्रो सातादेखि फरार व्यक्तिको खोजीलाई तीव्र गति दिँदै आएपछि करीब तीन महिनाको अवधिमा फरार व्यक्ति पक्राउ परेका हुन् । प्रहरीका असारमा नौ, साउनमा ४५, भदौमा ५४, असोज महिनाको १० दिनको अवधिमा २६ गरी १३४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जरिवाना भुक्तान हुन बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ ।

प्रहरीले ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, सार्वजनिक अपराधलगायतका मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ परेका छन् । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह मुद्दामा तनहुँ जिल्ला अदालतको २०७३ चैत १७ गतेको फैसलाले एक वर्ष कैद र रु १० हजार जरिवाना हुने गरी सजाय सुनाएको थियो । अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावनाको विकास हुने हुँदा त्यसलाई अन्त्य गर्न अभियानकै रुपमा टोली परिचालन गरिएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies