Khabar Dabali Logo
  October 26, Mon

रेडक्रसको स्वामित्वमा एम्बुलेन्स सेवा पुनः सञ्चालन

रसुवा । बिरामी उपचार सेवामा सहज पार्न रेडक्रस रसुवाले आफ्नो स्वामित्वको एम्बुलेन्स पुनःसञ्चालनमा ल्याएको छ । मर्मत हुन नसकी लामो समयदेखि थन्किएको एम्बुलेन्स पुनः सञ्चालनमा आएपछि छिटोछरितो बिरामी अस्पताल पुर्याउन सहज भएको छ ।

एम्बुलेन्स मर्मतका लागि प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रु दुई लाख ८० हजार सहयोग प्रदान गरेको रेडक्रस जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले बताए । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र नारा बोकेको संस्था भए पनि एम्बुलेन्स मर्मत गर्ने रकमको अभाव भइरहेको अवस्थामा सांसद आचार्यले दिएको मर्मत सहयोग महत्वपूर्ण भएको रेडक्रसले जनाएको छ । दुई वर्षदेखि थन्किएको एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएको स्थानीय समाजसेवी सोनामसाङ्मो तामाङले बताए ।

यस्तै सांसद आचार्यले आफ्नो निजी स्काभेटर निःशुल्क उपलब्ध गराई पहिराबाट सडकमा भएका अवरोध हटाउने कार्यमा सहजीकरण गर्ने र छोटो दूरीका नयाँ ग्रामीण सडक निर्माण जस्ता विविध कार्यमा विगत वर्षदेखि नै सहयोग गर्दै आएको उत्तरगया गाउँपालिकाले जनाएको छ ।

अशोज १२ गते, २०७७ - १३:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top