Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

खुल्ला सिमानाका कारण लागु औषधले थप्दै सुरक्षा चुनौती

सर्लाही । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ ।

अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरूको समूह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधिहरू हुने गरेका प्रहरीले अनुमान गरेको छ ।

प्रहरी उपरीक्षक राठौरले खुला सीमाको फाइदा उठाउँदै अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेको भए पनि यसलाई रोक्ने प्रयास गरिरहेको बताए । “हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोर बाटो हुँदै अवैध लागू औषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ”, उनले बताए ।

सीमा क्षेत्रको भारतीय बजारहरूमा अवैध लागू औषध खुलेआम बिक्री हुने हुँदा चुनौती बढेको उनको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उनले बताए । माओवादी द्वन्द्वको समयमा साना हतियारका साथै अवैध लागुऔषधको निकै बिगबिगी भएको थियो । त्यसबेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाइ छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ ।

सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागू औषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ । यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरू समेत सहमत हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तराई मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताए । खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहयोग गरे समस्या समाधानमा सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

लगुऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेका उनको भनाइ छ । साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागू औषध ओसारपसार गर्दै आएको पाइएको र खुल्ला सिमानाका कारण जिल्लामा अवैध लागुऔषध नियन्त्रण कार्य निकै चुनौतीपूर्ण रहेको प्रजिअ पौडेलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies