Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कर्जा विस्तार नभएपछि वाणिज्य बैंकहरूबीच विपन्न वर्ग कर्जा खोसाखोस

वाणिज्य बैंकको लगानी २१ अर्बले घट्यो, लघुवित्त मोलमोलाइमा उत्रिए

काठमाडौं । लकडाउन र निषेधाज्ञाले कर्जा विस्तार सुस्तिएपछि सबैभन्दा बढी असर बैंकहरूले लगानी गर्ने विपन्न वर्ग कर्जामा परेको छ । बैंकहरूबीच विपन्न वर्ग कर्जा खोसाखोस भएपछि एक महिनामै वाणिज्य बैंकहरूको यस्तो कर्जामा २१ अर्ब रुपैयाँले कमी आएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा बैंकहरूले कुल कर्जाको ६ दशमलव २५ प्रतिशतसम्म विपन्न वर्गमा कर्जा लगानी गरेका थिए । सो अवधिमा बैंकहरूको कुल कर्जा लगानी २८ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा विपन्न वर्गमा १ खर्ब ८० अर्ब लगानी भएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार भदौ अन्त्यसम्म वाणिज्य बैंकहरूको लगानी २९ खर्ब ४ अर्ब छ । तर, सो महिना वाणिज्य बैंकहरूको विपन्न वर्गमा ५ दशमलव ४७ प्रतिशत लगानी रहेको एसोसिएसनले जनाएको छ । यस आधारमा विपन्न वर्ग कर्जा करिब १ खर्ब ५९ अर्बमा सीमित भएको छ ।

वाणिज्य बैंकहरूले विपन्न वर्गमा कुल कर्जा लगानीको ५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्छ । सोझै यस्तो लगानी गर्न नसक्ने बैकहरूले लघुवित्त कम्पनीमार्फत लगानी गरेर अनुपात पुर्‍याउँदै आएका छन् । पछिल्लो समय राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको ब्याजदर बैंकहरूको आधार दर (कर्जा जारी गर्न लागत जोडेर आउने दर, यही दरका आधारमा कर्जाहरूको ब्याजदर निर्धारण गरिन्छ) भन्दा तल रहेर पनि दिन सकिने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले विगतमा महँगो ब्याजमा कर्जा लिइरहेका लघुवित्तहरूले अन्य बैंकबाट सस्तो दरमा कर्जा लिएर पुरानो कर्जा तिर्न थालेका छन् । जसले गर्दा यो क्षेत्रमा लगानी गर्नैपर्ने सीमा व्यवस्थापन गरिरहेका वाणिज्य बैंकहरूलाई समस्या पर्न थालेको छ । एसोसिएसनका अनुसार भदौ अन्त्यसम्म १५ वाणिज्य बैंकको यस्तो लगानी तोकिएको दर (५ प्रतिशत) भन्दा तल छ । यो सीमा नपुगेमा बैंकहरूले चर्को हर्जाना तिर्नुपर्छ ।

‘समग्रमा यस्तो अनुपात पुगेकै देखिन्छ,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘तर, बैंकअनुसार हेर्ने हो भने १५ वटा बैंकलाई समस्या पर्ने देखिएको छ, उनीहरूको कर्जा लगानी सीमाभन्दा तल आएको छ ।’

बैंकहरूले यस्तो सीमा नपुर्‍याए आफूले लगानी गरेको कर्जाको अधिकतम ब्याजदरबराबर हर्जाना तिर्नुपर्छ । एसोसिएसनका अनुसार अधिकांश यी बैंकहरूमा यस्तो कर्जा सीमा १ प्रतिशत हाराहारीले अपुग छ ।

विपन्न वर्ग कर्जा लगानीको गणना त्रैमासिक रूपमा गरिने र यही आधारमा हर्जाना लगाइने भएकाले अहिले तत्काललाई समस्या छैन । कर्जा लगानी बढाउँदै गर्दा यस्तो सीमा पुर्‍याउन समय छ । तर, कर्जा लगानी बढ्न नसकेको र त्यही क्षेत्रबाटै कर्जाको माग आउने सुनिश्चितता नभएकाले पनि बैंकहरू अतालिएका छन् ।

वाणिज्य बैंकहरूले यो सीमाभन्दा कम हुने गरी एक-अर्काको ग्राहक नखोस्ने अनौपचारिक सहमति पनि गरेका छन् । तर, यस्तो कर्जा अहिले अन्य वर्गका वित्तीय संस्थाहरूमा पनि सिफ्ट भइरहेको एसोसिएसनको बुझाइ छ ।

विकास बैंक र वित्त कम्पनीहरूले पनि कुल कर्जाको ५ प्रतिशत अनिवार्य विपन्न वर्ग कर्जा लगानी गर्नुपर्छ । साउनमा विकास बैंकहरूले करिब १० प्रतिशत र वित्त कम्पनीहरूले करिब ८ प्रतिशत लगानी गरेका छन् ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमार्फत विपन्न वर्ग कर्जा लगानी गर्दा आवधिक कर्जाअन्तर्गत मात्र लगानी गर्न सक्ने व्यवस्थाले पनि सीमा पुर्‍याउन समस्या परिरहेको बैंकरहरूको भनाइ छ । यसअघि अधिविकर्ष कर्जा शीर्षकमा पनि विपन्न वर्ग कर्जा लगानी गर्न सकिन्थ्यो ।

तर, सीमा पुगेका बैंकहरूको कर्जा पनि सबै कर्जा विपन्न वर्गमै नगएको हुन सक्ने एसोसिएसनका शर्माको भनाइ छ । उनले भने, ‘त्यसैले यस्तो कर्जालाई अनिवार्यभन्दा पनि दक्षता भएको संस्थालाई नेतृत्व दिने र अन्यले कर्जा जनाउनका लागि केही शुल्क तिरेर सुविधा लिन सक्ने बनाउनु सही देखिन्छ ।’

राष्ट्र बैंकले पछिल्लो समय कृषि विकास बैंकलाई कृषि कर्जाको नेतृत्व लिने विकास गरिरहेको छ । एक बैंकले आफ्नोबाट यस्तो कर्जा सीमा पुर्‍याउन नसक्दा कर्जा खरिद गरेर पूरा गर्न सक्ने सुविधा दिइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies