Khabar Dabali Logo
  October 25, Sun

फरार अभियुक्त कोरोना कालमा धमाधम पक्राउ

काठमाडौं। २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर अदालतमा बुझायो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तीन दिनबीचमा यति ठूलो संख्यामा अभियुक्त पक्राउ परेपछि स्याङ्जाका एसपी होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीबाट स्याबासी पाए । उनले स्याङ्जा प्रहरीको नेतृत्व सम्हालेको एक महिनामा एक सय पाँच जना पक्राउ परिसकेका छन् ।

अन्य जिल्लामा पनि यतिवेला अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउगर्ने अभियान नै चलेको छ । पछिल्लो तीन दिनमा सप्तरी प्रहरीले ४५ जनालाई पक्राउ
गरेको छ । पक्राउ पर्नेमा अपहरण, हत्याजस्ता गम्भीर मुद्दामा सजाय तोकिएका व्यक्तिहरू पनि रहेको जिल्ला प्रहरी, सप्तरीका डिएसपी तिलक भारती बताउँछन् ।

यस्तै, तनहुँ प्रहरीले २८ भदौमा एकै दिन ३५ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ । बहुविवाह, लागुऔषध, जुवा, घरेलु हिंसा, जालसाजीजस्ता मुद्दामा फरार व्यक्ति पक्राउ परेको तनहुँका एसपी अरुण पौडेल बताउँछन् ।

असारयता देशभर करिब एक हजारजना फरार अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागको तथ्यांक छ । पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट यो अभियान सुरु भएको हो ।

१७ भदौमा कास्की प्रहरीले एकै दिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो । कास्की प्रहरीले पछिल्लो तीन महिनामा एक सय ९१ जनालाई पक्राउ गरेको छ । विशेष टोली नै बनाएर अभियानकै रूपमा फरार व्यक्ति पक्राउ गरिएकाले सफलता मिलेको कास्कीका एसपी जीवन श्रेष्ठ बताउँछन् ।

फरार अभियुक्त पक्राउ गर्नेमा जिल्ला प्रहरी कैलाली पनि अगाडि छ, जसले तीन महिनामा ४० भन्दा बढीलाई पक्राउ गरेको छ । डाँका, चोरी मुद्दामा १६ वर्षदेखि फरार रहेका गौरीगंगाका श्याम चौधरी र फूलपाती चौधरीलाई कैलाली प्रहरीले १७ भदौमा पक्राउ गरेको थियो । उनीहरूले ४ माघ ०५८ मा गौरीगंगामा डकैती गरेका थिए ।

पक्राउ परी पुर्पक्षमा जेल चलान भएका उनीहरू २७ माघ ०६१ मा कारागारबाट भागेका थिए । विगतमा भारतमा लुकेर बसेकाहरू कोभिड-१९ महामारीमा नेपाल फर्किएकाले पनि फरार व्यक्तिहरू पक्राउ गर्न सहज भएको कैलालीका एसपी अनुपमशमशेर राणा बताउँछन् ।

यस्तै, म्याग्दी प्रहरीले पछिल्लो तीन महिनामा ३४ जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेकामध्ये कतिपय विदेश र देशका अन्य भागमा लुकेर बसेका थिए । कोभिड-१९ बाट बच्न घर फर्किएका उनीहरू धमाधम पक्राउ परेको डिएसपी कुँवर बताउँछन् ।

पक्राउ परेकामध्ये ११ फागुन ०६६ मा ओखरबोटमा नारायण छन्त्यालको हत्यामा संलग्न पाँच जना पनि छन् । पक्राउ पर्नेमा चिउरीबोटका २८ वर्षीय बलमान घर्ती, ३३ वर्षीय जीवन घर्ती, रुमका २९ वर्षीय तीथेन्द्र घर्तीमगर, २६ वर्षीय दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन छन् ।

उनीहरू सबैलाई अदालतले जन्मकैद तोकेको छ । शिवरात्रिका अवसरमा आयोजित भलिबल प्रतियोगितामा हारेपछि उनीहरूले छन्त्यालको हत्या गरेका थिए । यति धेरै संख्या फरार अभियुक्त पक्राउ पर्नुको प्रमुख कारण प्रहरी सक्रियता नै भएको म्याग्दीका डिएसपी किरणजंग कुँवर बताउँछन् ।

पक्राउ परे पत्रकार हत्याका अभियुक्त
१३ वर्षअघि बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न भई फरार रहेका हरेरामप्रसाद कुर्मीलाई पनि प्रहरीले २४ भदौमा पक्राउ गरेको छ । १८ असोज ०६४ मा उनीसहितका व्यक्तिले पत्रकार साहको हत्या गरेका थिए । कुर्मीलाई कोहल्वीको सपही टोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी सक्रियताका तीन कारण

अपराध गरेपछि ढिलो-छिटो सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् । अहिले फरार अभियुक्त धमाधम पक्राउ पर्नुका मुख्य तीन कारण देखिन्छन् ।

पहिलो- हालै धेरै जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख जानेबित्तिकै सक्रियता देखाउने कार्यशैली देखिँदै आएको छ । त्यही होडअन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने अभियान चल्छ । यसपटक प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पनि फरार अभियुक्त पक्राउ गर्न प्राथमिकता दिएकाले धेरैजना समातिएको एक प्रहरी अधिकारी बताउँछन् ।

दोस्रो – अपराध गरेर भागेकाहरू पनि लकडाउनपछि घर फिरेका छन् । भारत तथा अन्य देशमा पुगेका पनि स्वदेश फर्केका छन् । सोहीकारण पछिल्लो समय पक्राउ परेका अधिकांश घरमै भेटिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

तेस्रो – प्रोत्साहन रकमसँग जोडिन्छ । अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा जरिवानाको २५ प्रतिशत कमिसन प्रहरीले पाउँछन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन भत्ता दिने निणर्य गरिएको छ ।

अशोज १२ गते, २०७७ - ०७:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top