Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्याजमा कालोबजारी : ३५ रुपैयाँमा किनेर सयमा बेच्छन् व्यापारी

काठमाडौं । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएको पाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विराटनगर भन्सारमा बुझाएको बिलबिजकअनुसार पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरूले भारतमा प्रतिकेजी २२ रुपैयाँ भारु अर्थात् नेपाली ३५ रुपैयाँ मूल्यमा खरिद गरेको पाइएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा विराटनगर नाकाबाट प्रतिकेजी ३५ रुपैयाँ खरिद मूल्यमा १३ लाख १० हजार रुपैयाँ बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ ।

जुन प्याज नेपालको तराईका बजारमा एक सय रुपैयाँभन्दा बढीमा व्यापारीहरूले अभाव देखाउँदै बिक्री गरिरहेका छन् । विराटनगर भन्सारबाट आयात भएको आलु प्रतिकेजी भारु १५ अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । आलु हाल नेपाली बजारमा प्रतिकेजी ६० देखि ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

लकडाउन सुरु भएदेखि भदौ मसान्तसम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार रुपैयाँबराबरको तरकारी आयात भएको छ । भन्सार कार्यलयको तथ्यांकअनुसार ११ चैत ०७६ देखि असार मसान्तसम्मम ३२ करोड ५३ लाख एक हजार नौ सय ७६ रुपैयाँको तरकारी आयात भएको छ ।

चालू वर्ष ०७७र७८ को साउन र भदौ महिनामा १९ करोड ८२ लाख ७२ हजार रुपैयाँबराबरको चार हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ । जसमध्ये साउनमा नौ करोड ९५ लाख ५९ हजार र भदौमा नौ करोड ८७ लाख १२ हजार मूल्य बराबरको दुई हजार ९३ मेट्रिक टन हरियो तथा सुकेको तरकारी आयात भएको छ ।

विराटनगर भन्सारबाट मुख्य आलु, प्याज, लसुन र हरियो तरकारी नेपालतर्फ आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार प्रायः सबैखाले हरियो तरकारी प्रतिकेजी भारु २० अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । भारतबाट आयात भएका कुनै पनि हरिया तरकारी बजारमा ७० रुपैयाँभन्दा कममा बिक्री भएका छैनन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies