Khabar Dabali Logo
  October 27, Tue

निर्माणाधीन वृद्धाश्रमका लागि १ लाख आर्थिक सहयोग प्राप्त

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको वृद्धाश्रमका लागि रु एक लाख सहयोग प्राप्त भएको छ । इच्छाकामना–४ कुरिनटारका हरिबहादुर थापा र उनका धर्मपत्नी तुलसा थापाले शनिबार मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवाललाई चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा थापाले वृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताए । उनले मन्दिर समितिको कामको प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिने बताए । उनले उक्त भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट सकेको जति सहयोग गर्न पनि आग्रह गरे ।

मन्दिर समितिका अध्यक्ष सिलवालले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेकामा धन्यवाद दिए । उनले विगतका दिनहरुमा पनि थापाले विभिन्न सहयोग गर्दै आइरहेको बताए । यो भवन निर्माणका लागि केही रकम गाउँपालिकाबाट पनि प्राप्त भएको बताए । रु एक करोड लागत अनुमान गरिएको वृद्धाश्रामसहित भक्तजनका लागि निर्माण गरिरहेको उक्त भवनका लागि अहिले भक्तजनले नै सहयोग गरिरहेको बताए ।

अध्यक्ष सिलवालका अनुसार केन्द्रीय राजधानी आवजातव गर्ने धार्मिक पर्यटकहरु यस मन्दिर परिसरमा बास बस्ने गर्छन् । त्यसकारण यहाँ धार्मिक पर्यटकका लागि भवन निर्माण आवश्यक रहेको उनको भनाइ छ । वृद्धाश्रमसँगै धार्मिक पर्यटकहरु बास बस्न सहज हुने भवन निर्माण हुने मन्दिर समितिले जनाएको छ ।

अशोज ११ गते, २०७७ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top