Khabar Dabali Logo
  October 31, Sat

सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्किए

अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घर परिवार रहेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए । उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन् । अन्य १४ घर पहिरोको उच्च जोखिममा छन् ।

पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ । घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ ।

गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन् । सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन् । पहिरो बढ्दै जाँदा बस्ती सार्नुको विकल्प नभएको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का बताउँछन् । सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहत सामग्री प्रदान गरेको नेपाल रेडक्रसा सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले जानकारी दिए ।

जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि जिल्ला दैविक प्रकोप उद्धार समितिले बस्ती कहाँ राख्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

अशोज ११ गते, २०७७ - ०७:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङका ७० वर्षीय कोरोना संक्रमित वृ द्धको मृत्यु

दाङ । दाङको घोराही उपमहानगरपालिका-४ निवासी ७० वर्षीय वृ द्धको कोरोनाले गर्दा ज्यान गएको छ । उनकाे उपचारका...   

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

काठमाडौँ । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट...   

पिसिआरमा निजी अस्पताल र प्रयोगशालाको ठगी

परीक्षणको अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले उठायो पिसिआर परीक्षण शुल्क २५ सय, कोरोना उपचारका...   
बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास

बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास

नौ महिनामा मात्रै मधेसमा ११ महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार सिरहा । जब बोक्सीको आरोपमा ९० वर्षकी...   

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

काठमाडौं । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको...   

कोरोनाले मृत्युको तथ्यांकै गलत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या...   

ओली र प्रचण्डको मुटु कत्रो छ ?

देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएको दलका शीर्षस्थ नेता बाह्रैमास आपसी झमेलामा काठमाडौं।...   

दशैं मनाउन नेपाल आए सिकारी चरा

काठमाडौं । दशैंको रन्को नेपालमा भर्खर सकिँदैछ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम...   

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित...   

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top