Khabar Dabali Logo
  October 27, Tue

बालिका बलात्कार–हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन

बझाङ । बालिका हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा शनिबार विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अनेरास्ववियु र नेविसंघको अगुवाइमा विद्यार्थीसँगै नागरिक समाजका अगुवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले १२ वर्षीया बालिकाको हत्यामा संलग्न जोकोही भए पनि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । घटनामा दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

७ असोजमा गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनी शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । प्रहरीले गाउँकै २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

राजेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । अहिले यकिन गरेर भन्न सकिने अवस्था छैन,’ डिएसपी खड्काले भने ।

अशोज ११ गते, २०७७ - ०७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top