Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ । जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो ।

बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।

दशैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हँुदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ ।

कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।

माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् । ‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले भनिन् ।

राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हुँदै गएको छ ।

भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ । बजारमा मनलाग्दी हुँदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies