Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह, ‘जनताको हितमा साधारण माग छन्, शंका नमानी पूरा गरिदिनुस्’

काठमाडौं। स्वास्थ्य सेवा सुधारका लागि १२ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । सामान्य माग भएकाले कुनै शंका नमानी पूरा गरिदिन शुक्रबार भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - डा. केसीले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएसको पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमतिअनुसार काम हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको कार्यकालमा पाँचौँपटक सत्याग्रहमा बसिरहेको उल्लेख गर्दै डा. केसीले भनेका छन्, ‘यो अवधिमा कुनै पनि उपलब्धि भएको छैन । बरु भएका उपलब्धि पनि गुम्ने अवस्थामा छन् । प्रधानमन्त्रीले गर्ने काम हामी जनताले गरिरहेका छौँ, त्यसैले जनताको हितमा रहेका माग सम्बोधन गरिदिनुहोस् ।’

डा. केसीले कोभिडका कारण थोरै मानिसको मृत्यु भए पनि अन्य रोगले ठूलो संख्यामा ज्यान गएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस्तो अवस्थामा लकडाउन आवश्यक नभएको जिकिर गरेका छन् । उनले लकडाउन लगाएर तानाशाही व्यवस्था लागू गर्न खोजेको जनाउँदै भौतिक दूरीको पालनासँगै आवतजावतमा सहज बनाउनुपर्ने भिडियो सन्देशमार्फत प्रस्ट पारेका छन् ।

डा. केसीको १९औँ सत्याग्रहको १२औँ दिनमा पनि सरकारले कुनै चासो देखाएको छैन । सरकारले चासो नदिएपछि थप दबाब दिन विभिन्न संघसंगठन जुट्न थालेका छन् । उनको सत्याग्रहप्रति शुक्रबार रेजिडेन्ट डक्टर एसोसिएसन, विवेकशील नेपाली दल र नेविसंघले पनि ऐक्यबद्धता जनाएका छन् । संघका अध्यक्ष राजीव ढुंगानाले डा. केसीको माग पूरा गर्दै जीवन रक्षाका लागि सरकार संवेदनशील बन्नु पर्ने बताएका छन् ।

डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिकास्थित मष्ठा बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । उनलाई ३ असोज राति बलजफ्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यसपछि उनी ५ असोजमा काठमाडौं आएका थिए । अहिले उनी त्रिवि शिक्षण असपतालमै सत्याग्रहमा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies