Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

पोखरा । पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म सुनिन्थ्यो ।

आजको कान्तिपुर दैनिकमा खबर छ - उनीसँगै भएका अरू छिमेकीले पनि यताउता हेरे । उद्धार गर्ने ठाउँ भेटिएन । यत्तिकैमा लुइँटेलको खुट्टा कसैले समात्यो । टिन उठाएर हेर्दा १६ वर्षीया मनीषा नेपाली आधा पुरिएको अवस्थामा भेटिइन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान खसेको पहिरोमा घरसँगै पुरिएका एकै परिवारका १० जनामध्ये मनीषाको मात्रै उद्धार भएको छ । अन्य ९ जनाको मृत्यु भएको छ । मनीषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनको दाहिने खुट्टा भाँचिएकाले बिहीबारै शल्यक्रिया गरिसकिएको छ ।

६० वर्षकी सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षका दीपक, २१ वर्षीय कुलदीप, १९ वर्षीया विनीता, १४ वर्षका विक्रम, ९ वर्षका विवश, २८ वर्षकी उमाकला र ७ महिनाका समीर नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

सानी र माया धनबहादुर नेपालीका श्रीमती हुन् । उनीहरू माइतीमा पनि एकैघरका दिदीबहिनी हुन् । धनबहादुरको १० वर्षअघि मृत्यु भएको थियो । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोरा हुन् । विनीता कुलदीपकी श्रीमती (मायाकी बुहारी) र समीर छोरा हुन् । उमाकला सानी र मायाकी बहिनी हुन् ।

मायाका माइला छोरा भोजराज रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बस्दै आएका छन् । एसपी बोगटीका अनुसार कुलदीप र विनीता भैरहवा बस्दै आएका थिए । उनीहरू बिहीबार भैरहवा जाने योजनामा थिए । कुलदीप भैरहवामा गाडी चलाउँथे । घाइते मनीषा मायाकी छोरी हुन् ।

लुइँटेलका अनुसार बिहान पौने ६ बजेतिर पानी झमझम परिरहेको थियो । एक्कासि ठ्लूो आवाज सुनियो । बाहिर निस्केर हेर्दा मायाको घर पहिरोले पुरिइसकेको थियो । हारगुहार गर्दै उनी र अन्य २०–र२२ छिमेकी घटनास्थल पुगे । ‘पुरिएको घरभित्रबाट ‘गुहार गुहार, बचाऊ बचाऊ’ आवाज आएको थियो, रुवाबासी पनि सुनिन्थ्यो,’ उनले भने, ‘कतै प्वाल भेटिएर उनीहरूलाई निकाल्न सकिन्छ कि भनेर प्रयास गरियो तर सकिएन ।’

भित्रको आवाज १० मिनेटपछि ओझेल परेको उनले बताए । ‘जिन्दगीमा यस्तो घटना पहिलो पटक व्यहोर्नुप¥यो,’ पर्वू जनप्रतिनिधि समेत रहेका ५० वर्षीय लुइँटेलले भने, ‘एक जना बाहेक अरूलाई बचाउन नसक्दा थकथक लागिरहेछ ।’ झन्डै एक घण्टाको प्रयासबाट मनीषालाई जीवितै उद्धार गरिएको उनले बताए ।

भिरालो जमिनमा ढुंगामाटोको एकतले घर बनाएर बसेका नेपाली परिवारलाई डाँडा चर्किएर कुनै पनि बेला पहिरो खस्ला भन्ने डर थियो । यही डरले उनीहरूले गत वर्षायाम स्थानीय एक विद्यालयमा गुजारेका थिए । यसपालि पनि छिमेकीका घरमा सुत्दै आएका थिए ।

असोज लागेपछि घाम लाग्न थालेको थियो तर बुधबार बिहानैदेखि पानी पर्‍यो । तैपनि उनीहरू राति घरमै सुते । ‘पानी परिरहेको छ, दिउँसो घरमा बसे पनि रातिचाहिँ नबस्नु है भनेर मायालाई सम्झाएको त थिएँ, आज यस्तो भयो,’ लुइँटेलले भने ।

स्थानीय किरण न्यौपानेले घर पहिरोको जोखिममा छ भन्ने सबैलाई जानकारी भए पनि अन्यत्र जाने ठाउँ नभएपछि जोखिम मोलेर बस्न बाध्य भएको बताए । ‘नगरपालिकाले उच्च जोखिमका बस्तीलाई बेवास्ता गर्दा यो अवस्था आयो,’ उनले भने, ‘जिल्ला प्रशासनले पनि खासै चासो देखाएन ।’

घरमाथिबाट खनिएको ग्रामीण सडकका कारण डाँडा चर्किएको छ । गत वर्ष पनि त्यस स्थानमा पहिरो खसेको थियो । डाँडा चर्किएको र कुनै पनि बेला पहिरो खस्न सक्ने जिल्ला प्रशासन, नगरपालिका, प्रहरीलगायतलाई पनि थाहा थियो तर घरपरिवार सार्नेतर्फ कसैले चासो दिएनन् ।
खालि घरमा नबस्न र अन्यत्र सर्नमात्रै भनिरहे ।

स्थानीय कल्पना अर्यालका अनुसार घरमाथि सडक र सडकमाथि खरबारी छ । खरबारीबाट पहिरो खसेको हो । ०६७-६८ मा खनिएको वालिङ–भुर्मे–अर्यालडाँडा–डुम्रेभन्ज्याङ–हुवास ग्रामीण सडक दुई वर्षअघि चौडा गरिएको थियो । त्यसपछि डाँडा चर्किएको हो । ‘सडककै कारण एउटै परिवारमा यति ठ्लूो बज्रपात भयो,’ उनले भनिन्, ‘त्यहाँका ३र४ घर र गायडाँडाको ३० वटा घर जोखिममा छन् । उनीहरूलाई तत्कालै सार्नुपर्छ ।’

त्यसैगरी कालीगण्डकी गापा–४ गौतमडाँडामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बुधबार राति २ बजे खसेको पहिरोमा १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको एसपी बोगटीले बताए । पहिरोका कारण स्थानीय बाबुराम र जगतबहादुर दमाईको घर प्र्णू रूपमा क्षति भएको छ । विष्णु बाबुरामका छोरा हुन् । पोस्टमार्टमका लागि मृतक १० जनाकै शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको थियो । पोस्टमार्टमपछि सबैको सामूहिक रूपमा रामनदीधाम राम्दीमा दाहसंस्कार गरिएको छ ।

तमादीको पहिरोका कारण उच्च जोखिममा परेका दुई घरका १२ जनालाई बिहीबार स्थानान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए । स्थानीय गिरबहादुर खनाल र राजु खनालको परिवारलाई सारिएको हो । उनीहरूको घर बिहीबार बिहान पुरिएको माया नेपालीको घरभन्दा तल छ । ‘उनीहरूलाई केही पर सरकारी विद्यालयमा सारिएको छ,’ उनले भने, ‘नगरपालिकाबाट स्थायी व्यवस्थापन गर्ने कुरा भइरहेको छ ।’

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले पटकपटक पहिरो खस्दा तीन वर्षदेखि तमादीको सिंगो बस्ती जोखिममा रहेको बताए । ‘यो बाटो सडक विभागले खनेको हो,’ उनले भने, ‘हामीले बस्ती जोखिममा छ भनेर बारम्बार कुरा उठाउँदै आएका थियौं, सडकले वाल लगाइदिन्छौं भन्यो । वाल त लगाइयो तर घरनजिक होइन, अन्यत्रै ।’

मृतक मायाले पनि घर पहिरोको जोखिममा पर्छ भनेर सडक खन्न बारम्बार अवरुद्ध गर्दै आएको उनले बताए । प्रदेश र संघले सडक ९ मिटर चौडा बनाउँदा ठाउँ नै नरहेको र ठेकेदारको मनपरी पनि उस्तै रहेकाले यस्तो समस्या आएको खाँडले बताए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवार गुमाउने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनामा तदारुकतासाथ प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies