Khabar Dabali Logo
  October 31, Sat

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

हुम्ला । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ – चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो ।

टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताउनुभयो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो । हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो ।

११ नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् ।

अशोज ९ गते, २०७७ - ०७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्डको मुटु कत्रो छ ?

देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएको दलका शीर्षस्थ नेता बाह्रैमास आपसी झमेलामा काठमाडौं।...   

दशैं मनाउन नेपाल आए सिकारी चरा

काठमाडौं । दशैंको रन्को नेपालमा भर्खर सकिँदैछ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम...   

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित...   

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो...   

बिपी प्रतिष्ठानको कोभिड अस्पताल सुधारका लागि दबाब समूह गठन

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको कोभिड–१९ अस्पतालको सुधारका...   
कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

काठमाडौं । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् ।...   
‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

काठमाडौं । –बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो । आजको...   

गौतम बुद्ध विमानस्थलमा २५ मेगावाटको सोलार प्लान्ट निर्माण प्रक्रिया अघि बढ्यो, साढे दुई अर्ब लगानी

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया...   

कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि...   

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top