Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

स्याङ्जा र पाल्पामा पहिरो : शिशुसहित ११ को मृत्यु, पाँच बेपत्ता

स्याङजा । स्याङ्जा र पाल्पाका विभिन्न स्थानमा पहिरो जाँदा ६ महिने शिशुसहित ११ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका एक जनाको जीवितै उद्धार गरिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बिहीबार बिहान ६ बजे खसेको पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीका एकैपरिवारका नौजनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा तमादीकी ६० वर्षीया सानी नेपाली र उनको परिवारका आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

मृत्यु हुनेमा वृद्धा सानीसँगै ४८ वर्षीया माया, ३० वर्षीय दीपक, २८ वर्षीया उमाकला, १९ वर्षीय विनिता, २१ वर्षीय कुलदीप, १४ वर्षीय विक्रम, नौ वर्षीय विवश र ६ महिने समीर रहेका छन् । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोराछोरी र विनिता बुहारी हुन् । पाल्पा घर भएकी मायाकी छोरी उमाकला बुधबार माइतीघर आएकी थिइन् । पहिरोमा ज्यान गएका शिशु कुलदीप विनिताका छोरा हुन् ।

त्यस्तै, मायाकी छोरी १६ वर्षीया मनीषालाई जीवितै उद्धार गरिएको छ । उनी गम्भीर घाइते भएकी छिन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको छ । उनको अवस्था सुधारोउन्मुख रहेको डिएसपी अधिकारीले बताए ।

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडामा पहिरो जाँदा बिहीबार बिहान २ बजे बाबुराम दमाईं र जगतबहादुर दमाईंको घर पहिरोले पुरिएको छ । घर पुरिँदा बाबुरामका छोरा १६ वर्षीय विष्णुको मृत्यु भएको छ ।

यस्तै, पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार रम्भा गाउँपालिका– २ सुरुमडाँडामा पहिरोले घर पुरिँदा २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको छ । उनका पति वीरबहादुर पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषकुमार भट्टराईले बताए ।

त्यस्तै, रम्भा गाउँपालिका– २ कै फोक्सिङकोटस्थित बेलौजामा बिहीबार बिहान ४ बजे खसेको पहिरोमा पुरिएर पाँचजना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा, उनकी पत्नी ५० वर्षीय धनीसरा, छोरी १७ वर्षीया कृष्ण, नातिनीहरू आठ वर्षीया लक्ष्मी र १४ वर्षीय खुमीसरा बेपत्ता भएका छन् । केहीको कपडा टाढाबाट देखिए पनि बिहीबार अबेर रातिसम्म उद्धार हुन सकेको छैन ।

घटनास्थल पुगेका गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले पहिरो खस्ने क्रम जारी रहेकाले उद्धार गर्न नसकिएको बताए । पाँच घन्टा हिँडेर घटनास्थल पुगेको बताउँदै अध्यक्ष भण्डारीले भने, ‘पुरिएकाहरूको खोजी गर्ने काम भइरहेको छ । उनीहरू सुतेको बिस्तारा त भेटियो, तर मान्छे भेटिएलान् भन्ने वेलामा फेरि अर्काे घर पहिरोले पुरियो । उद्धार गर्न कठिन भयो ।’

जिल्ला सदरमुकामबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठाउँठाउँमा गएको पहिरो पन्छाउन नसकेर घटनास्थल पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी भट्टराईले उद्धारका लागि शुक्रबार बिहानै मात्रै घटनास्थल पुगिने बताए । ‘म बिहान ६ बजे नै टोली लिएर हिँडेको थिएँ, तर धेरै ठाउँमा पहिरो गएका कारण घटनास्थलमा पुग्न सकिनँ । भोलि मात्रै पुग्न सकिन्छ,’ एसपी भट्टराईले भने ।

बेलौजामा पहिरोले छेउका दुई घर पनि पुरिएका छन् । हुमबहादुरको घर पुरिँदा छेउको घरका बासिन्दा भागिसकेकाले जोगिएका छन् । त्यस्तै, बेलौजाका अन्य १७ परिवार विस्थापित भएका छन् । पहिरो जाने क्रम नरोकिएकाले १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

तिनाउ खोलाको बाढीले चार परिवार विस्थापित

तिनाउ र दानव खोलामा आएको बाढीले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्तापुरका चार परिवार विस्थापित भएका छन् । उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।

तिनाउ र दानव खोलाको बाढी बढ्दै गएको र नजिकका चार घर बगाउने जोखिम बढेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोख्रेलले बताए । सशस्त्रका सइ सहदेव सापकोटा नेतृत्वको टोलीले चारै घरका अन्नपात, सरसामान र बस्तुभाउ पनि सारेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies