Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्पपीडितबाट घुस लिने प्राविधिक खतिवडालाई जागिरबाट निकाला

ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो ।

मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो । स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए ।

छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रीता लम्सालले जानकारी दिए। लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधिकले रकम उठाएको पुष्टि भएको र आरोप लागेका प्राविधिक आफैँले पनि गल्ती स्वीकारेपछि लाभग्राहीबाट लिएको रकम फिर्ता गर्ने शर्तसमेत राखेर जागीरबाट बर्खास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाइ छ । ‘जसको पैसा हो उसैलाई फिर्ता दिनू भनेका छाै‌ ।’ निमित्त प्रमुख लम्सालले भन्नुभयो, ‘जागीरबाट पनि बर्खास्त गरिसकेका छौंँ ।’

श्रीचौरमा खटिएका डकर्मी कर्णबहादुर तामाङ र प्राविधिक खतिवडाले भूकम्पपीडित लाभग्राहीबाट घर पास गर्न घुस रकम लिएको भन्दै लाभग्राहीले गुनासो गरेका थिए । श्रीचौरका करीब ३० लाभग्राहीबाट डकर्मी तामाङ र खतिवडाले रु १० देखि १५ हजारका दरले रकम उठाएको खुलेको छ ।
प्राविधिक खतिवडाले स्थानीयवासीबाट रकम उठाउन पुनःनिर्माणमा खटिएका डकर्मी तामाङलाई परिचालन गरेका थिए । डकर्मी तामाङलाई पनि कारवाहीको प्रक्रिया थालिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिकले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने जनाउँदै जिल्लाका अन्य ठाउँमा पनि त्यस्तो भएको भए जानकारी गराउन जिल्ला आयोजना कार्यालयले आग्रह गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies