Khabar Dabali Logo
  October 25, Sun

अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण प्रभावित अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आज भर्चुअलरूपमा आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली कार्यान्वयन’ विषयक छलफलमा उनले त्यस्ता प्रभावित व्यक्तिका समस्याबारे सरकारलाई सूचित गर्न आग्रह गरे । मन्त्री गुरुङले अन्य सम्बन्धित मन्त्रालयसँग समन्वयन गरेर पनि सामाजिक दायित्व निर्वाह गरिने उल्लेख गरे। उनले यस क्षेत्रका संस्था र व्यक्तिसँगको जीवन्त सम्पर्क र सहकार्यबाट विद्यमान ऐन, नियम र नियमावलीको कार्यान्वयन गरिने पनि बताए ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडा ९बाँस्कोटा० ले निययमावलीको कार्यान्वयनमा यस क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले पछिल्ला समयमा सरकारले अपाङ्गता भएका व्यक्तिको सवाललाई तुलनात्मकरूपमा सुन्ने र सम्बोधन गर्ने प्रयास गरेको र ऐन नियमका अपर्याप्ततालाई आगामी दिनमा पूर्णता दिन आवश्यक रहेको बताए ।

सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ गत भदौ १ गते नेपाल राजपत्रमा प्रकाशित गरी लागू गरेका सन्दर्भमा सम्बन्धित विज्ञ र सरोकार भएका पक्षलाई जानकारी र सुझावका लागि छलफल गरिएको महासङ्घका महासचिव राजु बस्नेतले जानकारी दिए । महासङ्घमा ३३१ भन्दा बढी अपाङ्गतासम्बन्धी काम गर्ने संस्था आबद्ध छन् ।

अशोज ८ गते, २०७७ - १८:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने...   

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top