Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेकपाले थाल्यो एक महिने छानबिन तथा जनजागरण अभियान

डोटी । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । विशेषतः कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त छानबिन अभियान चलाएको हो ।

आर्थिक अनियमिततासँगै बन्दै गरेको कार्यालय भवनको मापदण्ड र निर्माण सामग्री प्रयोगका विषयमा विवाद भएको र सो विषयमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा चलाईएको नेकपाको आरोप छ । निर्माणसम्बन्धी इजाजत पत्र नविकरण गर्दा जनप्रतिनिधीले अनियमितता गरे पनि आफ्ना समर्थकलाई आरोप लागेपछि एक महिने छानबिन तथा जनजागरण अभियान सञ्चालन गरेको नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर कठायतले बताए । उनले भने, “नगरपालिकामा भएका आर्थिक अनियमितताका विषयमा उजागर गर्दा र अनियमितता नगर्न सल्लाह दिँदा उल्टै मुद्दा खेपाउने, धम्काउने प्रबृति बढेकाले हामीले छानबिन तथा जनजागरण अभियान चलाएका हौँ, कसैको व्यक्तिगत रिसले होइन कानूनसम्बत होस् भन्ने हाम्रो चाहना हो ।”

सत्तारुढ दल नेकपाले औपचारिक निर्णय गरी एक महिने छानबिन तथा जनजागरण अभियान चलाएको देशमै शिखर नगरपालिका पहिलो भएको नेकपा शिखर नगर कमिटी अध्यक्ष सागर भट्टले बताए । उनले भने, “शिखर नगरपालिकामा छानबिन तथा जनजागरण अभियान चलाएको देशैभरी पहिलो स्थानीय तह हो, नगरभित्र भएका भ्रष्टाचार विरुद्ध सप्रमाणसम्बन्धित निकायमा उजुरी दिँदासमेत सुनुवाइ नभएपछि हामीले यो अभियान चलाएका हौँ ।” नेकपाले उक्त नगरपालिकाका ११ वटै वडामा छानबिन अभियान सञ्चालन गरिने जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies