Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोबाट हुनसक्ने जोखिम अझै टरिनसकेको बताए ।

गृह मन्त्रालय नेपाल विपद् व्यवस्थापन पोर्टलका अनुसार २०७७ जेठ ३० देखि असोज ५ गते सम्मको अवधिमा ३०७ जनाको मानवीय क्षति भएको हो । बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि सय जना बेपत्ता छन् ।

त्यस्तै २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक हजार १७८ घर परिवार प्रभावित हुनुका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी १०५ वटा गोठ भत्किँदा ६१५ चौपाया मरेका छन् ।

विपद् व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपद्बाट करिब आठ करोड ८३ लाख ८१ हजार रुपियाँ मूल्य बराबरको क्षति भएको जानकारी दिए । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । उनका अनुसार सिन्धुपाल्चोकमा बाढीपहिरो मात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ को ज्यान गएको छ भने ३८ जना बेपत्ता छन् ।

त्यसैगरी १३१ घर परिवार विस्थापित भएका छन् । त्यस्तै कालीकोट–३९, बागलुङ–३३, म्याग्दी–२९, पर्वत–१०, तनहुँ–१३, कास्की–११, जाजरकोट–११, गुल्मी–१०, बझाङ–नौ, अछाम–नौ, दार्चुला–सात, धादिङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिममा पाँच–पाँच, लमजुङ चार, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर, सल्यान र मुस्ताङमा एक–एकको मृत्यु भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies