Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन पछाडि हटेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - डब्लुएचओले संसारभर कोभिड भ्याक्सिन समान रूपमा वितरण गर्ने बनाएको योजनामा सामेल हुने समय सकिँदा चीनले छुट्टै प्रस्ताव ल्याउने भन्दै सहभागिता नजनाएको हो । यसअघि चीनले कम र मध्यम आय भएका देशमा भ्याक्सिनको सहज पहुँचमा सहयोग गर्ने विषयमा सहमति जनाएको थियो । डब्लुएचओको कोभेक्स नामक योजनामा चीनसँगै अमेरिका र रसियाले पनि उपस्थिति जनाएका छैनन् । सुरुमा यो योजनामा १६५ देशले सहमति जनाएका थिए ।

डब्लुएचओले योजनामा सहभागिता जनाउन १८ सेप्टेम्बरसम्मको समय दिइएको थियो । कोभेक्समा विश्वका बढी आय भएका करिब ६४ देशले सहमति जनाएका छन् । कोभेक्सले २०२१ को अन्तिमसम्म करिब दुई अर्ब खोप निर्माण गर्ने लक्ष्य राखेको थियो, जुन न्यून आय भएका मुलुकका लागि समान रूपमा वितरण गर्न सकिन्थ्यो ।

तर पनि डब्लुएचओले चीन कोभेक्समा सहभागी हुने आशा गरेको बताइएको छ । यो योजनामा चीन सहभागी भएमा कोभेक्स योजना सफल हुने बलियो सम्भावना देखिन्छ । किनकि, पछिल्लो समय परीक्षणको तेस्रो चरणमा रहेका नौमध्ये चारवटा खोप चीनले निर्माण गरिरहेको छ ।

डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले चीनसँग बहस भइरहेको र कोभेक्समा सहभागी हुन अझै समय थपिएको बताएका छन् । चीनले भने विश्वभर खोप वितरण गर्न तयार रहेको तर आफ्नै योजनाअनुसार अगाडि बढ्ने जनाउँदै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियोङले सेप्टेम्बरको सुरुवातमै विकासोन्मुख देशका लागि भ्याक्सिन उत्पादनमा चीन आफैँले छुट्टै योजना बनाएको, जुन कोभेक्सजस्तै निम्न आय भएका देशका लागि उपलब्ध गराउने बताएका थिए ।

सिंगापुर युनिभर्सिटीका वैज्ञानिक ड्र्यु थम्पसनले चीनले कोभेक्समा सहभागिता नजनाउनुलाई दुईपक्षीय दृष्टिकोण भएको प्रतिक्रिया दिएका छन् । ‘खोपका माध्यमबाट चीनले सहुलियत र सद्भावनाको आशा गरेको छ । चीनले खोप उत्पादनमा निकै मिहिनेत गरिरहेकाले यसको ठोस परिणामको पनि लाभ उठाउन पाउनुपर्छ ।

यदि चीनले कोेभेक्सलाई सहयोग गर्ने हो भने कोभेक्सले फिलिपिन्सलाई सहयोग गर्छ, यसबाट चीनलाई के फाइदा हुन्छ,’ उनी भन्छन् ।

विभिन्न देशका वैज्ञानिकले चीनले आफ्नै देशको अर्थतन्त्र बलियो बनाइराख्न र छिमेकी देशलाई पनि सहयोग गर्न कोभेक्स योजना उपयुक्त हुन सक्ने बताएका छन् । तर, फरक–फरक खालका भौगोलिक वातावरणका कारण सबै देशमा खोपहरू उपयुक्त हुन्छन् भन्ने अझैसम्म कुनै आधार पाइँदैन । त्यसैले खोप सहज उपलब्ध गराउन अझै धेरै अध्ययन अनुसन्धान आवश्यक रहेको बताइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies