Khabar Dabali Logo
  October 28, Wed

पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

ललितपुर । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जिकिर गरे। उनले भने, “यसबाट हरेक पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ,। यस यन्त्रले पिपिई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटिएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पिपिई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पिपिईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराए । उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पिपिई च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पिपिइ तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताए ।

नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ (पिसिटी) नाम दिएको छ । उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पिपिईलाई प्रमाणीकरण गरेर बजार प्रवद्र्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ । नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ ।

अशोज ७ गते, २०७७ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका...   

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

वागमती । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार...   

हुम्लाबाट ३२ जनाको स्वाब सुर्खेत पठाइयो

हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक...   

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top